+
Search

ताजा अपडेट +

पपुलर +

महालक्ष्मी विकास बैंकका ग्राहकले विभिन्न संस्थाका विशेष छुट पाउने

4KNationalDaily
२०८० श्रावण २८, आईतवार १७:५५ बजे

काठमाडौं– महालक्ष्मी विकास बैंकका ग्राहकले स्वास्थ्य, होटेल तथा रेस्टुरेन्टमा विशेष छुट पाउने भएका छन् ।

महालक्ष्मी विकास बैंकको डेबिट, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकले विभिन्न संस्थाहरूबाट विभिन्न सेवामा विशेष छुट पाउनेछन् ।

बैंकका ग्राहकहरूले वीरगन्ज, पर्सामा रहेको मंगलम डाइग्नोस्टीक सेन्टरको प्याथोलोजी टेस्ट सेवामा १० प्रतिशत, सिमरा बारामा अवस्थित होटेल क्विक–२० एन्ड रिभर साइडका सेवामा अधिकतम १० प्रतिशत, हेटौडा मकवानपुरमा रहेको रिगल हेटौडा रेष्ट्रोका सेवामा अधिकतम १५ प्रतिशत पाउने भएका छन् ।

त्यस्तै, धनगढी कैलालीमा रहेको निसर्ग अस्पतालका सेवाहरूमा अधिकतम २० प्रतिशत, हेटौडामा रहेको विशुद्ध ममचाका सेवामा १० प्रतिशत र भरतपुर चितवनमा रहेको कबिलास रेष्ट्रो एन्ड फनपार्कका सेवामा १० प्रतिशत छुट पाउनेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily