+
Search

ताजा अपडेट +

पपुलर +

राजीनामा दिनबाहेक गृहमन्त्री संसद्‍को रोष्ट्रममा उभिन मिल्दैन, हामीले सत्तातिर हेरेका छैनौं : ओली

4KNationalDaily
२०८० श्रावण २८, आईतवार १४:२६ बजे

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ राजीनामा गर्नबाहेक संसद्‌मा जान नहुने बताएका छन्। केही दिनअघि संसद्‌मा दिएको स्पष्टिकरणलाई लक्षित गर्दै उनले यस्तो बताएका हुन्।

पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘गृहमन्त्रीले राजीनामा गर्नबाहेक रोष्ट्रममा जानु हुँदैन। यो त असफलता हो। चुरोट भनेर ल्यायो सुन हुन्छ। सुन भन्यो राखेको ठाउँबाट चोरी हुन्छ। एउटा कम्पनीले मात्रै क्विन्टलका क्विन्टल सुन ल्याएको छ।’

उनले ती सुनका मालिक भनिएकालाई नागरिकता दिनेका विषयमासमेत छानबिन हुनुपर्ने बताए। अहिले त्यो नागरिकता सिफारिस प्रतिवेदनसमेत गायब गरिएको उनको भनाइ छ।

याे पनि,

प्रधानमन्त्री प्रचण्डतर्फ लक्षित गर्दै ओलीले भने- यस्तो नालायक सरकारको नेतृत्व गर्न अप्ठ्यारो लागेर राजीनामा गर्नुपर्ने हो

उनले गृहमन्त्री श्रेष्ठतर्फ लक्षित गर्दै भने, ‘स्टन्ट गरेको छ। गफ दिएको छ। हाउभाउ गरेको छ। हामी यो प्रचारको सम्बन्धनमा दु:ख मात्रै भन्न सक्छौं। हामी नेपालीहरु कहाँ छौं? देश कहाँ पुग्दैछ। कस्तो अवस्थामा जाँदैछ?’

कांग्रेस सांसद् सुनिल शर्मालाई पक्राउ गरेर ध्यान डाइभर्ट गर्न खोजिएको बताए। उनको भनाइ थियो, ‘यो छिचरो बहसको समय होइन। गम्भीर भएर सोच्ने र नेपाली जनताले स्पष्ट दृष्टिकोण लिने समय हो।’

https://www.facebook.com/reel/1425261608049682

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily