+
Search

ताजा अपडेट +

पपुलर +

शिक्षालयको शैक्षिक गुणस्तर खस्किँदै गएकोमा सरोकारवालाको चिन्ता

4KNationalDaily
२०८० श्रावण १३, शनिबार १८:५८ बजे

गोरखा– राजनीतिक लडाइँका कारण जिल्लाको पुरानो प्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर खस्किँदै गएको भन्दै सराेकारवालालले चिन्ता व्यक्त गरेका छन् ।

पालुङटारका ‘नागरिक खबरदारी अभियान’ नामक एक सरोकारवालाको समूहले गोरखा बहुप्राबिधिक शिक्षालयको शैक्षिक गुणस्तर खस्किँदै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

अभियानले शुकबार एक कार्यक्रम गरी शिक्षाको मन्दिरमा राजनीति नगर्न शिक्षालयका प्रिन्सिपलको ध्यानाकर्षण गरेका हुन् । शिक्षालयको शैक्षिक गुणस्तर खस्किँदै गएको भन्दै पालुङटारका सचेत बुद्धिजीवीहरूको पहलमा कार्यक्रम सम्पन्न भएको हो । शिक्षालयको शैक्षिक गुणस्तर खस्कँदै गएको प्रति चिन्ता व्यक्त गर्दै शिक्षालयको गेट अगाडी सडक बसेर नागरिक खबरदारी अभियानले शिक्षालयको कार्यशैली प्रति प्रश्न उठाएको छ ।

नगरपालिकाका मेयर विवश चिन्तनले कर्मचारीको अन्तर्विरोध भए छलफलबाट समाधान खोज्नु पर्ने भन्दै कर्मचारीको कारणले शिक्षालयको शैक्षिक गुणस्तरमा आँच आउन नहुने बताए ।

याे पनि,

गोरखा बहुप्राबिधिक शिक्षालयमा प्रिन्सिपलकाे ‘दादागिरी’

मेयर चिन्तनले शिक्षालय नगरपालिका मातहतमा नरहेको, व्यवस्थापन समितिमा समेत नगरपालिका नहुने कानुनी व्यवस्था भएको भन्दै संस्थाको अवस्था खस्किँदै गएकोमा दुख व्यक्त गरे। शिक्षालयमा विद्यार्थीहरूको भविष्य माथि खेलबाड गर्ने छुट कसैलाई नभएको भन्दै दुवै पक्ष बसेर छलफलको माध्यमबाट छिटै शिक्षालयमा लागेको ताला खोल्ने आग्रह गरे ।

शिक्षालयमा विगत केही समय देखि ताला लागेका छ भने कर्मचारीले आन्दोलनको कार्यक्रमको घोषणासमेत गरेका छन् ।

नेपाल समाजवादी पार्टी गण्डकी प्रदेशका सचिव प्रेम गुरुङले नागरिक खबरदारी अभियान कार्यक्रम कसैको पक्ष र विपक्षमा नभएको बताए । उनले खबरदारी अभियानको शिक्षालय बचाउनु मुख्य लक्ष्य भएको बताए । शिक्षालयको शैक्षिक गुणस्तर यसरी नै खस्कँदै जाने हो भने अबको चार वर्षमा गेटमै ताला लागेर शिक्षालय नै बन्द हुने अवस्था आउनेमा उनको चिन्ता थियो ।

उनले राजनीतिको नाममा शिक्षालय बिगार्ने अधिकार कसैलाई नभएको भन्दै दुवै पक्षको राजनीतिक प्रतिसोधका कारण शिक्षालयमा ताला लागेको दाबी गरे । शिक्षालय पालुङटारको प्रतिष्ठाको गजुर भएको भन्दै आफूहरूले त्यो गजुर कुनै पनि हालतमा ढल्न नदिने चेतावनी दिए ।

शिक्षालयका प्रमुख प्रदीपराज बसौलाले कार्य सम्पादन र मुल्याङ्घनको आधारमा दुई जना कर्मचारीको करार सम्झौता नगरिएकोमा आफूले गल्ती महसुस गरेको भन्दै त्यसलाई सच्याएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले आफ्नो एक मात्र उद्देश्य शिक्षालयको शैक्षिक गुणस्तर उकास्ने र शिक्षालयलाई देशकै नमुना शिक्षालयको रूपमा विकास गर्ने चाहाना भएकाले आफू सबैसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए ।

शिक्षालयको कर्मचारी निर्मला मल्लले शिक्षालयमा कर्मचारीहरूलाई राजनीतिक प्रतिशोधका आधारमा व्यवहार गर्ने गरिएको, शिक्षालय प्रमुख र लेखा प्रमुखले आर्थिक अनियमितता गरेको, शिक्षालय प्रमुखले कर्मचारीहरूलाई दुर्व्यवहार गर्ने गरेको आरोप लगाइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily