+
Search

ताजा अपडेट +

पपुलर +

बारपाक सुलिकोटमा भाडाकाे घरमा ‘वडा कार्यालय’

लीलाधर काेइराला
२०८० असार २३, शनिबार १३:३१ बजे

गाेरखा– सर्वोच्च अदालतले बारपाक-सुलिकोट गाउँपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले गत जेष्ठ ३१ गतेकाे जारी गरेकाे आदेश अनुसार वडा न ६ को केन्द्र सार्ने निर्णय यथास्थितिमा राख्नु भन्दै अन्तरिम आदेश जारी गरेको हो ।

हरिचन्द्र भट्ट क्षेत्रीसहित ९ जनाकाे निर्वेदनमा गाउँपालिकासहित अन्य ६ जनालाई विपक्षी बनाइ परेको रिटमा अदालतले यस्तो आदेश दिएको हो ।

गाउँपालिकाको वडा न ६ को ०७८ पुस ९ गतेको निर्णय अनुसार वडा कार्यालय भवन साबिकको वडा न १ को कोटथोकबाट साबिकको वडा न ४ पाल्खु बजारमा सार्न लागिएको भन्दै खारेज गरि साविककाे वडा कार्यालयमा नै कायम हुनु पर्ने माग गर्दै भट्टसहित ९ जनाले रिट दायर गरेका थिए ।

‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६ (७) बमोजिम बडाको केन्द्र हेरफेर गर्ने अधिकार गाउँ सँभालाइ भएको भए पनि बारपाक सुलिकोट गाउँपालिकाको चलानी नं १४१३, ०८० वैशाख ७ गतेको पत्रबाट पनि केन्द्र सार्न देखिएकाे हुदाँ मुद्दाको अन्तिम किनारा लाग्दाका बखत ठहरे बमोजिम हुने गरी हाललाई वडा न ६ को निर्णय कार्यान्वयन नगर्नु’ भनि आदेश दिएको हो ।

खास भएको के हो ?

स्थानीय सरकार सञ्चालन भएपछि साबिकको बारपाक, स्वारा, स्वौरपानी, ताकुमाझलाकुरिबोट, ताकुकोट, पाचँखुवा देउराली र पन्द्रुङलाई समेट्दै बारपाक सुलिकोट गाउँपालिका घोषणा भयो । साबिकका गाविसमध्ये सौरपानी तथा स्वाराको हुण्डीफाँटमा  केन्द्र निर्धारण गर्ने आन्तरिक सहमति बमोजिम पालिकाको नाम सुलिकोट गाउँपालिका निर्धारण भयो ।

गाउँपालिकाको नाम तल्लो भागलाई मात्रै समेटिएको भन्दै साैरपानीसहित बारपाकका स्थानीयले विवाद गरेपछि उत्कर्षमा पुग्याे । पालिका नेतृत्व बाध्य भएर सुलिकोटको अघि बारपाक थपेर बारपाक-सुलिकोट गाउँपालिका राख्याे । सौरपानीको चर्को विवादका बिच गाउँपालिकाको नाममा बारपाक थपेर केन्द्र ताकुकोट कायम भयाे ।

सौरूपानीबाट माओवादी केन्द्रका निर्वाचित कार्यपालिका सदस्य तथा वडा सदस्यको चर्काे विवादका बिच केन्द्र ताकुकोट पुगेको बारपाक-सुलिकोटको फेरि केन्द्र विवाद साम्य भइसकेको समयमा वडाको विवाद सतहमा देखिएकाे हाे ।

२०७४ मा नेकपा (माओवादी केन्द्र)का विष्णु प्रसाद भट्ट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए । गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि उनले साबिकका स्वास्थ्य चौकी, प्राविधिक शिक्षालय हुण्डिफाँटमा बनाउने सर्तमा पालिकाको प्रशासकीय भवन ताकुकोटमा निर्माण गरे ।

नेपाल भरका ७५३ वटा स्थानीय तहमध्ये कार्यसम्पादन तथा अन्य कार्यमा उत्कृष्ट कार्य गरेको भनेर चर्चामा आएको पालिकाको पछिल्लो कार्यसम्पादन सकारात्मक नभएको नाम नबताउने सर्तमा माओवादी केन्द्रबाट निर्वाचित वडा सदस्य नै बताउँछन् । पछिल्लो समय पालिका अध्यक्ष भट्ट केही ‘स्वार्थ समूह’को दबाबमा परेको भन्दै उनीहरूले चिन्ता व्यक्त गर्न थालेका छन् ।

वडा सदस्यकाे घरमा भाडामा ‘वडा कार्यालय’

वडा कार्यालयको भवन वडा सदस्य सावित्री श्रेष्ठको घरमा मासिक ६ हजार भाडा तिरेर वडा कार्यालय सञ्चालन गरिरहेको छ । २०७४ को स्थानीय निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार रहेका बाबुलाल गुरुङ वडाध्यक्षमा निर्वाचित भए । उनी निर्वाचित भएपछि वडा कार्यालय  चन्द्रमान श्रेष्ठले २०७५ साफ असोज २१ गते २ रोपनी १० आना जग्गा वडा कार्यालयलाई दिएका थिए । त्यही जग्गामा बनेको स्थायी भवनमा गाउँपालिकाको स्थापित कार्यालय र वडा कार्यालय सञ्चालनमा आएको थियो ।

याे पनि

बारपाक सुलिकोटमा कानुन विपरीत ‘कर्मचारी’ बढुवा

२०७५ मंसिरपछि कर्मचारी अभावको कारण देखाउदैं पालिकाका कर्मचारी माइकाेटबाट पाल्खु झर्न थाले । कर्मचारी नै तल झर्न थालेपछि पालिकाको केन्द्र पनि पाल्खु भागमा नै सर्याे । पालिकामा कर्मचारी अभावको कारण देखाउदैं वडाका कर्मचारीसमेत पालिकामा ल्याउन थालेपछि वडा पनि पाल्खु सारिएको वडाध्यक्ष गुरूङ बताउँछन् ।

भन्छन्- ‘स्थानीय सरकार सञ्चालन भएपछि कर्मचारी अभावका बिच केन्द्र भवन तथा वडा कार्यालय माइकाेटमा नै थियो । तर, त्यति बेला कर्मचारी माथि जान नमानेपछि हामी  तल झरेका हौँ । त्यसपछि वडा कार्यालय यही घरबाट सञ्चालन भइरहेको छ।’

पछिल्लो समय पालिकाले सुविधा सम्पन्न प्रशासकीय भवन बनाइसकेको छ भने वडा न ३ र वडा ६ को वडा कार्यालय भवन निर्माण गर्ने प्रक्रियामा रहेको वडाध्यक्ष गुरुङ बताउँछन् ।

याे पनि,

जराङमा अवैध ढुङ्गा खानी, स्थानीय प्रशासन मौन

उनका अनुसार ०७२ सालको साबिकको गाविस स्तर सर्वदलीय बैठकबाट २ रोपनी जग्गा वडा मातामात भएको भए पनि त्यो जग्गा हाल स्थानीय माइकाेट माध्यमिक विद्यालयलाई भवन निर्माण गर्न दिएको भन्दै अब वडा कार्यालयसँग भवन बनाउन जग्गा नभएको बताउँछन् । भन्छन्- ‘हामीसँग जग्गा थियो, त्यो जग्गा विद्यालयलाई भवन निर्माण गर्न दियौँ । त्यसपछि हामीले साबिकका सबै वडासँगको छलफलमा वडा कार्यालय काहा राख्दा उत्तम हुन्छ, भनेर सल्लाह पनि गरेको थियौँ ।’

याे पनि

‘सक्षम नेतृत्व’ छान्न नसक्दा बारपाक सुलिकोटका जनता ‘पछुतो’मा

उनका अनुसार साबिकको वडा १ का जनताले १ मा नै राख्नु पर्छ भने भने २, ३, ४,५ र ६ का जनताले पायक पर्ने ठाउँमा निर्माण गर्न सुझाव दिए । पालिका तथा वडा कार्यालयले चाहिँ निःशुल्क जग्गा उपलब्ध गराइदिन अनुरोध गरेको भए पनि उपलब्ध नभएको उनकाे गुनासो रहेको छ ।

उनका अनुसार वडा कार्यालय भवन साबिकको वडा न ४ को वरिपरि बनाउने योजना रहेको उनले बताए । वडा कार्यालय साबिकको हुलाक भवन रहेको पछाडिको जग्गा र केही व्यक्तिहरूले दिएको जग्गा गरी एकीकृत गरी नयाँ भवन निर्माण गर्ने निर्णय भएपछि पछिल्लो ६ वर्षदेखि अलपत्र रहेको छ ।

याे पनि,

बारपाक-सुलिकाेटमा ‘बेथिति’ : कानुन मिचेर भत्ता र ठेक्का, निव्याजी अनुदान

प्रतिक्रिया

लेखकको बारेमा

लीलाधर काेइराला