फाइल तस्बिर
काठमाडौं– गृह मन्त्रालयको शान्ति, सुरक्षा महशाखा प्रमुख जितेन्द्र बस्नेतले काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका छन्।
हालका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको सचिवमा बढुवा भएपछि मन्त्रालयले बस्नेतलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीका रुपमा पठाएको हो ।
बस्नेत ८ वर्षअघि सहसचिव बनेका थिए ।
यसअघि गोरखा, चितवन, र पर्साका प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक लगायतका जिम्मेवारीमा रहिसकेका थिए ।
प्रतिक्रिया