+
Search

ताजा अपडेट +

पपुलर +

मलाई सरकारमा जान नदिन निरन्तर प्रयास भइरहेको छ : ओली

4KNationalDaily
२०८० असार १८, सोमबार १९:१७ बजे

काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो काम गरेबापत आफूलाई सरकारमा जान नदिन निरन्तर प्रयास भइरहेको दाबी गरेका छन् ।

‘देश समृद्धि होस्, जनता सुखी रहून्’ भन्ने ध्येयका साथ काम गरिरहँदा पनि केही मानिसहरू आफूलाई सरकारमा पुग्न नदिनका लागि अनेक उपायको खोजीमा लाग्ने गरेको ओलीको भनाई छ ।

सोमबार भक्तपुरमा निर्माण गरिएको ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम’को उद्घाटन गर्दै उनले आफू भने कुनै प्रतिफलको आशा नगरी देश र जनताको समृद्धिको काममा लागिपर्ने बताए ।

ओलीले आफू सरकारमा नभए पनि देश र जनताका लागि केही न केही काम गरिरहेको दाबी समेत गरे ।

ओलीले भने, ‘मलाई श्रेय पाउनु/नपाउनुसँग खासै अर्थ राख्दैन । कसैले रामो भनोस्, राम्रो नभनोस् । तर राम्रो काम चाहिँ गर्नैपर्छ । राम्रो काम अनवरत गरिरहनु पर्छ । गर्दै जानु पर्छ । कसले के भन्यो भन्ने कुरा होइन । कसैले भन्न सक्ला–कस्तो लोभी रहेछ ? परलोकमा पनि सुख पाउन यस्तो यस्तो काम गरिरहेछ भनेर आरोप लगाई दिन्छन् नि । विजय मूर्तिजीले यो काम गर्नु भएको छ । आ, यो परलोक सपार्नका लागि यो काम गरेको हो भनेर आरोप लगाई दिन सक्छन् । अब के गर्नु हुन्छ ? परलोक कसैले देखेको छैन । यसको कुरा नगरौँ । तर, यो लोक बनाउनु पर्छ । यो लोकलाई बनाउनु पर्छ आनन्दमय । समृद्ध देश र जनतालाई सुखी बनाउनु पर्छ । देश समृद्ध होस्, जनता समृद्ध होस् । यस देशको आधुनिकीकरण गर्नु पर्छ, विकास गर्नुपर्छ । मेरो कुरा सुनेपछि यो मान्छेलाई सरकारमा पुग्न नदिन केही न केही उपाय गर्नैपर्छ भनेर थाल्छन् । किनभने यी कामहरू गर्नुको अर्थ उनीहरूको कारोबार बन्द हुन्छ । त्यसकारण केही मान्छेहरू त्यसको विरुद्धमा लाग्छन् फेरी । तर, यो चिन्ताको विषय होइन । हामी कर्मणेवाधिकारस्ते भनेजस्तो प्रतिफल के आउँछ भन्ने कुरा होइन । तपाईंले दान दिएपछि के प्रतिफल आउँछ ? दान दिएपछि प्रतिफल भन्दा सन्तुष्टि मिल्छ । आनन्द मिल्छ तपाईँलाई । त्यसकारण सेवा गरेपछि के प्रतिफल आउँछ ? आनन्द मिल्छ त्यसबाट । सन्तोष मिल्छ त्यसबाट । त्यही हो प्राप्ति ।’

आफू सरकारमा सहभागी भएको बेला सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता चार हजार पुर्‍याउनेलगायतका थुप्रै काम आफूले गरेको तर त्यसको जस आफूलाई नै दिनुपर्छ भन्ने मान्यता नलिएको ओलीको भनाई थियो ।

उनले आफूले नै सडक बालबालिकाको व्यवस्थापनको काम सुरु गरेको, दुर्गम ठाउँहरूको अन्त्य हुने गरी सडक सञ्जाल निर्माणको काम सुरु गरेको भए पनि त्यसको श्रेय लिनुपर्छ भन्ने नलागेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily