+
Search

ताजा अपडेट +

पपुलर +

छोरीको पास्निमा सूर्यज्योतिको बिमा पोलिसी उपहार

4KNationalDaily
२०८० असार ६, बुधबार १७:३५ बजे

गोरखा– गोरखा नगरपालिका वडा न २ कोखे आहालेकी पूजा बानियाँ थापा मगरको छोरी प्रसन्नाकाे अन्नप्रासनमा बिमा पोलेसी उपहार पाएकी छन् ।

सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गोरखा शाखाबाट जारी ‘सुर्याज्योति सुनौलो भविष्य बाल जीवन बिमा योजना’ पोलेसी उपहार पाएकी हुन् ।

बालिकाको सुनिश्चित भविष्यका लागि पास्नीको अवसरमा ५ लाख रुपैयाँको बिमा पोलेसी उपहार पाएकी हुन्।

सुर्यज्योती सुनौलो भविष्य बाल जीवन बिमाको अवधि समाप्तिमा बिमांक रकम र बोनससहित अतिरिक्त सुविधा रहेको कम्पनीले जनाएको छ।

छोरीको उच्चशिक्षा तथा अन्य कुनै काम गर्दा आवश्यक पर्दा ठुलो रकम चाहिने भएमा पनि आफूले बिमा गरेको बानियाँले बताइन् ।

आफ्नो बच्चाको उज्ज्वल भविष्य चाहने सम्पूर्णले बच्चाको जीवन बिमा गर्न अपरिहार्य रहेको पनि उनले बताइन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily