पोखरा- गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न बनेको ऐन कार्यान्यवन गर्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताएकी छिन्।
स्वास्थ्य पत्रकार मञ्चले शनिबार पोखरामा आयोजना गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐन कार्यान्वयन सम्बन्धी अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले जनस्वास्थ्यको विषय भएकाले सुर्तीजन्य पदार्थ नियमनका लागि कानुन कार्यान्वयन गर्न प्रदेश सरकार लागि पर्ने र यसका लागि कुनै कसर नछाड्ने बताइकी हुन् ।
गण्डकी प्रदेश सबैभन्दा पहिले सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धि आफ्नै कानून बनाउने पहिलो प्रदेश हो।
यो प्रदेशले सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी प्रदेश कानून ०७६ सालमा पारित गरेको थियो । पारित भए पनि भने जस्तै कानूनको पूर्ण पालना भने भएको छैन।
‘कानून बनेको छ, तर, भनेजस्तो काम भएको छैन। अब प्रदेश सरकारले यसको कार्यान्वयनमा कुनै कसर बाँकी राख्दैन, ’ उनले भनिन् ।
किशोर-किशोरीहरुमा धुम्रपानको लत धेरै देखेको भन्दै मन्त्री सिम्खडाले आफ्ना सन्तानलाई संस्कार सिकाउन आवश्यक रहेको औँल्याइन्। सरकारलर मात्र नभई नागरिक पनि यसमा लागि पर्न आवश्यक छ।
प्रतिक्रिया