+
Search

ताजा अपडेट +

पपुलर +

‘अखण्ड भारत’बारे ओलीको प्रश्न- नक्सा सच्याउ भन्न नसक्ने भए किन भ्रमणमा जाने?

4KNationalDaily
२०८० जेष्ठ १६, मंगलवार १६:१३ बजे

काठमाडौं- एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय संसद्‌मा राखिएको नक्साका बारेमा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा कुरा गर्नुपर्ने बताएका छन्। उनले भारतलाई गल्ती सच्याउन भन्नुपर्ने बताए।

‘प्रधानमन्त्री भोलि भारत भ्रमणमा जाँदै हुनुहुन्छ। उहाँले त्यो नक्सा हटाउनुस्, गल्ती सच्याउनुस् भनेर भारत सरकारसँग कुरा गर्नुपर्छ। त्यति कुरा गर्न सक्नुहुन्न भने भारत भ्रमणमा किन जाने?’, मंगलबार महिला अधिकार कार्यान्वयन: अवसर र चुनौती विषयक राष्ट्रिय भेला तथा प्रशिक्षण’ कार्यक्रममा सम्बोधन गर्दै उनले भने।

भारतले हालै उद्घाटन गरिएको संसद् भवनमा नेपालको लुम्बिनी र कपिलवस्तु लगायतका ठाउँ पनि अंकित गरिएको नक्सा राखिएको छ।

जसको नेपालमा आलोचना भइरहेको छ। ओलीले पनि त्यसलाई अनुचित भने। नेपालको भूमि आफ्नो नक्साभित्र हालेर संसद् जस्तो ठाउँमा भारत जस्तो एउटा पुरानो, सुदृढ, नमुना लोकतन्त्र भनिएको देशले गर्ने व्यवहारलाई उचित भन्न नसकिने ओलीको भनाइ छ।

‘भारतको नक्सामा पारेर संसद् भवनमा काठमा कुँदेर संसद्ले राख्यो भनेपछि योभन्दा, सानो छिमेकीलाई, मैले देखेको छैन, सुनेको छु, भारत सरकारले होइन भन्यो, खण्डन गर्योा भने अथवा त्यो हटायो भने, गल्ती महसुस गर्योय भने त्यो आफ्नो ठाउँमा छ’, ओलीले भने।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily