+
Search

ताजा अपडेट +

पपुलर +

कहाँ हराए ‘सभामुखसँगै काठमाडौँ आउँछु’ भनेका टोपबहादुर ? ओली भन्छन्- मेरो सम्पर्कमा छैनन्

4KNationalDaily
२०८० बैशाख २४, आईतवार २१:३२ बजे

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सचिव टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नभएको बताएका छन्।

आइतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित रायमाझी आफ्नो सम्पर्कमा नभएको स्पष्ट पारे।

पक्राउ पुर्जी जारी भएका रायमाझी ओलीको सम्पर्कमा रहेको भन्ने आरोपको खण्डन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषिउपर कडाइका साथ कारबाही गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको पनि बताए।

उनले छानबिनमा सरकारले हस्तक्षेप नगर्न र बयान नफेराउन पनि सचेत गराए।

उनले भने, ‘मैले कडाइका साथ कारबाही गर्नुस् जो दोषि छन्, उपयुक्त ढंगले छानबिन गरेर कडाइका साथ कारबाही गरोस् सरकारले। र, प्रहरीको छानबिनमा सरकारले कतैबाट हस्तक्षेप गर्ने, बयान फेराउने यस्तो उस्तो नगरोस्। र निष्पक्ष ढंगले जो दोषि छन्। तिनीहरुलाई कारबाही गरोस् र निर्दोषलाई फसाउने प्रयास पनि नगरोस् त्यो कुरा मैले उहाँलाई भनेँ। हामी भ्रष्टाचार कसैले कुनै रुपमा गरोस्, त्यसलाई सहँदैनौँ। हाम्रो सम्पर्कमा भए त सरकारको सम्पर्कमा भइहाल्नुहुन्थ्यो नि।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily