+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौंमै फोन टिप्दैन, गुणस्तर बिग्रँदै गयो : सञ्चारमन्त्री शर्मा

4KNationalDaily
२०७९ चैत्र २४, शुक्रबार १८:४२ बजे

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशभित्र टेलिफोन सेवाको गुणस्तर बिग्रँदै गएको स्वीकारेकी छिन् । काठमाडौंमै पनि कतिपय ठाउँमा ‘ब्ल्याक स्पट’ रहेको भन्दै उनले राजमार्गहरु पनि फोन नटिप्ने समस्या रहेको बताइन् ।

संसदमा सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिंदै मन्त्री शर्माले बिग्रिएको टेलिफन सेवाको गुणस्तर सुधार्ने जिम्मा मन्त्रालयको काँधमा रहेको बताइन् ।

‘हामी एउटा गृहकार्य गरिरहेका छौं, टेलिकमले पनि गरिरहेको छ,’ नेपाल टेलिकमतर्फ संकेत गर्दै उनले भनिन्,‘मन्त्रालयको तर्फबाट सहयोग गर्ने काम पनि भइरहेको छ ।’

दूरदराजको ठाउँमा टेलिफोन सेवा नै नपुग्नु र काठमाडौंमा नै फोन सेवाको पहुँच नपुग्नुको कारण फरक–फरक रहेको मन्त्री शर्माले बताइन् ।

‘हाइ-वे (राजमार्ग)मा समेत फोन टिप्दैन, कम्तिमा त्यहाँ कभरेज गरौं भनेका छौं,’ उनले भनिन्,‘कतिपय ठाउँमा निकुञ्ज र जंगलहरु छन्, काठमाडौंबाट मुग्लिन पुग्दा समेत राजमार्गको कैयन ठाउँमा फोन टिप्दैन ।’

सवारी दुर्घटना हुँदा फोन सम्पर्क समेत गर्न नसक्ने अवस्था रहेको भन्दै उनले छिटोभन्दा छिटो हाइ–वे कभरेज गर्न भनिएको बताइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily