काठमाडौं- सरकारले एक महिनाको अवधिमा १ अर्ब ६५ करोड रुपैयाँ बराबरको बजेट रकमान्तर गरेको छ । अर्थ मन्त्रालयका अनुसार यस्तो रकमान्तर विकासे मन्त्रालयबाट बढी मात्रामा भएको छ ।
फागुन ०७९ मा मात्रै बुढीगण्डकी जलविद्युत आयोजनाको ४० करोड बजेट नदी नियन्त्रणका लागि रकमान्तर गरिएको छ । यो रकम नारायणी नदी व्यवस्थापन आयोजना चितवनमा खर्च गरिने भएको छ ।
बुढीगण्डकी जलविद्युत आयोजनाकै १ अर्ब रुपैयाँ रकमान्तर गरी सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनामा रकमान्तर गरिएको छ भने उत्तर–दक्षिण राजमार्ग (कर्णाली, कालिगण्डकी र कोसी)बाट १० करोड रुपैयाँ बजेट मदन भण्डारी राजमार्गका लागि रकमान्तर गरिएको छ ।
मन्त्रालयका अनुसार पुसमा मात्र २२ अर्ब २ करोड ५० लाख रुपैयाँ रकमान्तर भएको छ । यस महिनामा सरकारले विकास ऋणलाई ट्रेजरी बिलमा रकमान्तर गरेको थियो ।
ट्रेजरी बिलको सावाँ भुक्तानी गर्न अपुग रकम व्यवस्थापन गर्ने प्रयोजनका लागि यो रकम रकमान्तर भएको मन्त्रालयले जनाएको छ ।
यसबिचमा बन्चरे डाँडास्थित ल्याण्डफिल्ड साइट पुग्ने सडकको स्तरोन्नतिका लागि भएको रकमान्तर समेत समावेश छ ।
प्रतिक्रिया