+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री प्रचण्डलाई प्रश्न- गृहमन्त्री कसलाई बनाउनु हुन्छ ?

4KNationalDaily
२०७९ माघ १६, सोमबार १५:३३ बजे

काठमाडौं- रवि लामिछाने पदमुक्त भएपछि गृह मन्त्रालय रिक्त छ। गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा सत्ता गठबन्धनमा छलफल भइरहेको छ।

तर, कसलाई बनाउने भन्ने सहमति बन्न सकेको छैन। रिक्त रहेको गृहमन्त्रालय आफैंले राख्ने रणनीति बनाएको माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ।

बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुले प्रधानमन्त्री प्रचण्डलाई गृहमन्त्री कसलाई बनाउनुहुन्छ? भनेर प्रश्न राखे। सञ्चारकर्मीहरुको प्रश्नमा प्रचण्डले सटिक जवाफ दिँदै भने, ‘बनेपछि थाहा हुन्छ।’

राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) ले आफ्नो भागमा परेको गृहमन्त्री आफैंले पाउनुपर्ने अडान राखिरहेको छ। भने, प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पनि छलफल भइरहेको छ। तर, ठोस सहमति बन्न सकेको छैन।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily