काठमाडौँ- चितवनको राप्ती नगरपालिकामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कार्यकर्ताहरुले मतपेटिका जलाउने प्रयास गरेका छन्।
आइतवार बिहान ८ बजेतिर राप्ती नगरपालिका–८, खिर्कीस्थित ब्रहम्सथानी विद्यालय मतदानस्थलमा नेकपाका कार्यकर्ताले मतपेटिका जलाउन प्रयास गरेका थिए।
त्यसक्रममा प्रहरीले तीन राउन्ड गोली चलाएको थियो। प्रहरीले हानेको गोली लागेर विप्लवका एकजना कार्यकर्ता घाइते भएका छन्।
घटनापछि मतदानस्थल तनावपूर्ण हुँदा दुई घण्टा मतदान स्थगित भएको छ। नेपाल प्रहरीकी बागमती प्रदेश प्रमुख डीआईजी किरण बज्राचार्यले मतदान बिथोल्न खोजेपछि तीन राउन्ड गोली चलाइएको बताएकी छन्।
त्यसक्रममा एकजनालाई गोली लागेको हो। प्रहरीले गोली चलाएपछि विप्लवका कार्यकर्ताहरु भागेका छन्।
भिडियाे
प्रतिक्रिया