+
Search

ताजा अपडेट +

पपुलर +

निर्वाचनका लागि सुरक्षा तयारी पूरा, प्रहरीलाई गोली हान्नेसम्मको अधिकार

4KNationalDaily
२०७९ मंसिर ३, शनिबार १६:४६ बजे

काठमाडौं– नेपाल प्रहरीले आइतबार हुने निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भइसकेको जनाएको छ ।

निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरीसहित एक लाख ८६ हजार ६९३ जना प्रहरी परिचालन गरिएको प्रहरी प्रवक्ता टेकप्रसाद राईले जानकारी दिए । उनले निर्वाचन शान्तिपूर्ण रुपमा सञ्चालन गर्न कुनै कसर बाँकी नराख्ने बताए ।

मतदानस्थलमा ढुङ्गामुडा गर्ने, मतदान कार्यक्रमलाई स्थगित गर्ने, मतपेटिकालाई तोडफोड गर्ने, लिएर भाग्नेलगायत गतिविधि गर्नेविरुद्ध प्रहरीले आवश्यक बल प्रयोग गर्ने र आवश्यक परे गोलीसमेत हान्न सक्ने आदेश जारी भएको प्रवक्ता राइले जानकारी दिए ।

प्रवक्ता राईले निर्वाचन विरोधी गतिविधि गर्ने ३१ समूहहरु पहिचान भइसकेकाले निगरानी राखिएको र केहीलाई पक्राउ गरी मुद्दा चलाइएको बताए । उनले निर्वाचनका लागि सादा पोशाकका प्रहरी परिचालनका साथै रिर्जभ टोली राखिएको जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily