गोरखा– गत बर्षकाे असार २५ गते भीमसेन थापा गाउँपालिका-७, बोर्लाङ्गमा रहेको भीमकुल बचत तथा ऋण सहकारी संस्थामा अज्ञात समूहले चोरी गरे । गएको एक वर्षमा न त अनुसन्धान गरिरहेको प्रहरीले अज्ञात समूहको पहिचान गर्न सक्यो न त सहकारीका सञ्चालकले प्रहरीलाई सघाए ।
समाचार स्रोतका अनुसार ‘सहकारी सञ्चालककै संग्रलतामा चोरी भएको ‘भेउ’ पाउन’ सक्ने गरी सहकारी सञ्चालकले व्यवहार देखाए । तर, घटनामा अहिलेसम्म चोरी गरेको समूह पत्ता लगाउन सकेनन् । घटना भएको लामो समयसम्म घटनालाई राजनीतिक मुद्दासमेत बनाउन ‘स्थानीय टोले नेता’ कस्सिए ।
याे पनि,
बोर्लाङ्गकाे भीमकुल सहकारीबाट ३० लाख चोरी, प्रहरीले थाल्यो अनुसन्धान
घटना घटेको तिन महिनासम्म सिसिटिभी फुटेजको स्टोरेज हुनुपर्ने कानुनी प्रावधान भएको भए पनि सहकारी सञ्चालक तथा व्यवस्थापनका कहिले घटना मुचुल्का उठाउनु अघि नै खोजतलास गरे । अनि, घटनामा संग्लनकाे पहिचान गर्न र प्रहरी घटनाको क्लु नै फेला पार्न नसकिएको दाबी गर्छ ।
घटनाको अनुसन्धान प्राप्त अधिकारीले घटनाको क्लु नै फेला पार्न नसकिएको दाबी गर्छन् । नाम उल्लेख नगर्ने सर्तमा उनी भन्छन्- ‘घटना घटेको वर्ष दिन भयो । तर, अहिलेसम्म घटना घटेको मुख्य प्रमाण नै फेला पार्न सकिएन । अनुसन्धान गर्ने अधिकार पाएका अनुसन्धान अधिकारी जानु भन्दा अघि नै उपलब्ध प्रमाण नै नष्ट भएको देखिन्छ ।’
खास भएको के हो ?
शुक्रवार कुल कारोबार रकम ५२ लाख रहेको थियो । ५ लाख अर्को सेवा केन्द्रमा रहेको र भल्टमा भएमध्येपनि एक ठाउँको मात्र रकम चोरी भएको सहकारीका अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताएका थिए ।
‘लकर भित्रको अन्य दुई भागमा रहेको रकम सुरक्षित छ । सम्भवतः सिसि क्यामेरा जडान भएको आशंकाका कारण चोरी गर्नेले एक थान कम्यूटरको सिपियु पनि लगेका छन्’ उनले त्यस बेला पालिका लाइभसंग भनेका थिए, ‘बर्खाको समय सदरमुकाम टाढा भएकोले त्यस दिन बैंकसम्म रकम पुर्याउन सकिएन । सुरक्षाको हिसाबले पनि नजिक कुनै सुरक्षा निकाय नरहँदा संस्थामा चोरीको घटना भयो ।’
संस्थाको भवनमा रहेको एउटा कम्प्युटर पनि चोरी भएको उनले बताए । सिसिटिभी जडान गरिएको कम्प्युटर ठानेर लगेको हुनसक्ने अनुमान गरिएको छ । सहकारीमा चोरी भएको बारे बिहान आठ बजे मात्र थाहा भएको श्रेष्ठले बताए ।
ढोका फोडेको आवाज बाहिर नसुनोस् भन्नका लागी उनीहरुले ध्यान भड्काउनका लागी ट्याक्टर ओहोर-दोहोर गरेको हुन सक्ने अनुमान गरिएको छ । सिसिटिभी फुटेजमा देखिए अनुसार चोरीमा दुई जना व्यक्तिको संलग्नता रहेको देखिएको तर उनीहरूले सेतो रंगको कपडा र टोपी मास्क लगाएकाले पहिचान गर्न नसकिएको सहकारी सञ्चालक दाबी रहेको तियो ।
३४ सय ७६ सेयर सदस्य रहेको साकोसको आर्थिक वर्ष २०७७/७८ सम्म कुल कारोबार ३० करोड ९७ लाख छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा प्रवर्धित साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोवेशन ब्रान्ड प्राप्त गरी कार्यक्रममा सहभागी छ ।
सहकारीका अध्यक्ष श्रेष्ठ भन्छन्- घटना नजिक पुगेका छाै भन्नु भएको छ
सहकारीका अध्यक्ष श्रेष्ठ प्रहरी घटनाको नजिक पुगेको सूचना पााएकाे दाबी छ । ‘बर्षदिन अघि, घटना घटेको हप्ता दिन अघि नै फलानो फलानो कारणले चोरी भएको भनेर प्रहरीलाई हामीले जानकारी गराएका हौँ । हामी सहकारीका सदस्य तथा व्यबस्थापकसंगकाे जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा घटना नजिक पुगेको दाबी गर्नुभएको तियो ।’
‘प्रमुख जिल्ला अधिकारी (सिडीयाे), जिल्ला प्रहरी प्रमुख (एसपी)लगायतका सुरक्षा अधिकारीसंगकाे बैठकमा घटनामा संग्लनकाे पहिचान तत्काले हुन नसक्ने भन्दै अनुसन्धानका प्रक्रिया बढिरहेको जानकारी हामीसङ गर्नुभएको छ’ उनले भने ।
प्रतिक्रिया