+
Search

ताजा अपडेट +

पपुलर +

जौवारीका प्रहरी हवल्दार ‘वेस्ट पुलिस अफ द मन्थ’

4KNationalDaily
२०७९ असार २३, बिहीबार २२:१८ बजे

गाेरखा- इलाका प्रहरी कार्यालय जाैवारीमा कार्यरत प्रहरी सहायक हवल्दार सुरेश कुमाललाई ‘वेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरेको छ

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी केदार खनालले मंगलवार कार्यालयमा आयोजित एक कार्यक्रमका बिच कुमाललाई जेठ महिनाको वेस्ट पुलिस घोषणा गरेका हुन् ।

पछिल्लाे समय जिल्लामा विभिन्न घाट तथा खाेलामा माैलाएकाे अवैध नदिजन्य पदार्थ उत्खनन र चोरी निकासी नियन्त्रणमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै कुमाललाई जेठ महिनाको ‘वेस्ट पुलिस’ घोषणा गरेका हुन् ।

समुदायमा प्रहरीको छवि सकारात्मक बनाउने काम गरेको, फरार प्रतिवादी पक्राउ गर्न सफल भएको भन्दै उनलालाई नगद सहित दोशल्ला र प्रशंसा पत्रले सम्मान गरिएको हो ।

हरेक प्रहरीहरुको मनोबल उच्च राख्न भन्दै कार्यालयले उत्कृष्ट घोषित प्रहरीको फोटो एक महिना भर कार्यालय परिसरमा पनि झुण्ड्याउने गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily