+
Search

ताजा अपडेट +

पपुलर +

चाेरकाटेमा शिक्षककाे ‘रजगज’, रक्सी खाएर प्रहरीमाथि आक्रमण

4KNationalDaily
२०७९ असार २०, सोमबार २०:४३ बजे

सांक्रेतिक तस्बिर

गाेरखा- मादक पदार्थ सेवन गरी ड्युटीमा खटिएका प्रहरीलाई कुटपिट गर्ने दुई शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरानचोक गाउँपालिका–४ जैसिथोकका रामशरण पोखरेल र रामेश्वर पोखरेल रहेका छन् । नाताले उनीहरु सहाेदर दाजुभाई हुन् ।

जिल्ला प्रहरी कार्यालय गाेरखाका अनुसार शनिबार सांझ रक्सी खाएर माेटरसाइकलमा सवार शिक्षकद्वय चाेरकाटे बजारमा लडेका थिए । माेटर साइकलमा सवार यात्रु लडेपछि उठाउन गएकाे प्रहरी टाेलीमाथी उनीहरूले आक्रमण गरेका हुन् ।

ढुङ्गा प्रहारबाट आक्रमण गर्दा प्रहरी जवान अनन्त बहादुर रोका सक्त घाइते भएका छन् । उनको गोरखा अस्पतालमा सामान्य उपचार पश्चात चितवन मेडिकल कलेजमा थप उपचार भइरहेको छ । उनको टाउको र अनुहारमा चोट लागेको छ । अर्का घाइते प्रहरी हवल्दार अर्जुन बहादुर सेनको अवस्था भने सामान्य छ ।

‘शनिवार साँझ रक्सी खाएर मोटरसाइकलमा घर फर्किदै गर्दा चोरकाटे नजिकै लडेका रहेछन्’, कार्यलयका प्रवत्ता तथा डिएसपी लीलाराज लामिछाने भने, ‘दुर्घटना भएको थाहा पाएपछि अस्थायी प्रहरी पोष्ट चोरकाटेबाट त्यहाँ पुगेर सहयोग गर्न खोज्दा उनीहरुले आक्रमण गरेका  हुन् ।’

पक्राउ परेका दुई दाजुभाई बिरुद्ध सार्वजनिक शान्ति बिरुद्धको मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रामशरण मण्डली माध्यमिक विद्यालय छोप्राक र रामेश्वर रत्नराज्य माध्यमिक विद्यालय बिरेन्चोकका शिक्षक हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily