+
Search

ताजा अपडेट +

पपुलर +

अन्तराष्ट्रिय कलाकार मंच इजरायलको नेतृत्वमा युनिका गुरुङ

4KNationalDaily
२०७९ असार ८, बुधबार १७:३४ बजे

काठमाडाैं- अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको दशौ साधारण सभाबाट युनिका गुरुङ निर्बिरोध अध्यक्षमा निर्वाचित भएकी छिन।

संस्थाका बरिष्ठ उपाध्यक्ष राज लिम्बुको संयोजकत्वमा भएको कार्यक्रमको सहजीकरण संस्थाका महासचीव स्वस्तिका श्रेष्ठले गरेका थिईन।कार्यक्रमका प्रमुख अतिथि प्रदिप सागर गिरिलगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा अग्रिम कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्दै आयोजक प्रती धन्यबाद ब्यक्त गरेका थिए।

संस्थाको बृहतर प्रगति उन्नतीमा पुर्याएको अहम भुमिकाको उच्च मुल्याङ्कन गर्दै संस्थाका निबर्तमाण अध्यक्ष अनिल सिंह राजपुत, संरक्षक कादम्बारी दाना श्रेष्ठ, बरिस्ठ उपाध्यक्ष राज लिम्बु, कलाकार मंचका कलाकारहरु स्वस्तिका श्रेष्ठ, स्वयम सुब्बा ,सावित्री सुनुवार, प्राग थींग लगायतलाई सम्मान गरिएको थियो।


‘न मर्छ कला न मर्छन् कलाकार फैलाउने हाम्रो परम्परा अनि संस्कार’ भन्ने मुल नाराको साथमा कला संस्कृतिको जगेर्नाको लागी सन २०१२ मा इजरायलमा अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखा स्थापना भएको हो ।

अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको दशौ साधारणसभाका लागि कादम्बरी दाना श्रेष्ठको निर्वाचन समिती संयोजकत्वमा अनील सिंह राजपुत र देव बास्कोटा लगायतको तीन सदस्यीय निर्वाचन समिती गठन गरिएको थियो।

उक्त निर्वाचन समितिले युनिका गुरुङको अध्यक्षतामा १७ सदस्यीय कार्य-समिति (२०२२-२०२३) कार्यकालका लागी चयन गरेको छ।जसअनुसार वरिष्ठ उपाध्यक्ष राज लिम्बु, प्रथम उपाध्यक्ष कुमार आङ्देम्बे (अबि ), उपाध्यक्ष साबित्री राई, महासचिव स्वस्तिका श्रेष्ठ,सचिव स्वयं सुब्बा , कोषाध्यक्ष कोपिला भट्टराई, रहेका छन त्यसैगरी सदस्यहरुमा प्रयाग थिङ, पुन्य प्रसाद शंकर, जानुका निरौला, मालाती बाग्दास, प्रकाश श्रेष्ठ, जिना सिंह, समिर राई, ज्योति प्रधान,रन्जन तिवारी क्षेत्री, खुसि निकु लगायत निर्विरोध चयन भएका छन।

त्यसैगरी संरक्षकमा कृष्ण रायमाझी,कादम्बरी दाना श्रेष्ठ, प्रमुख सल्लाहकार अनिल सिंह राजपुत,सल्लाहकार देब बास्कोटा, नेहा गुरुङ, किशोर के चौहान रहेका छन !

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily