बाँके- बाँकेको खजुरमा एक किशोरी प्रेमीको जन्म दिन मनाउन जाँदा सामूहिक बलात्कारको शिकार भएकी छन्।
एक वर्षदेखि फेसबुकमा कुराकानी भएका हेमराज थारुले आफ्नो जन्म दिन मनाउनका लागि बोलाएर साथीहरुसँग किशोरीको सामूहिक बलात्कार गरेका हुन्।
बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमध्ये पाँच जना बलात्कारमा संलग्न र दुई जना मतियार रहेको प्रहरीले जनाएको छ।
एक वर्षदेखिको चिनजान भएका साथीले जन्मदिन भनेर बोलाएपछि किशोरी बाँके र बर्दिया जिल्लाको सिमानामा पर्ने मानखोलाको जंगलमा पुगेकी थिइन् । तर विश्वास गरेका उनै प्रेमीले घरेलु मदिरा खुवाएर आफ्ना साथीहरुसमेत सहभागी गराएर सामूहिक बलात्कार गरेका छन्।
जेठ २२ गते बिहान ४ बजे बाँके खजुरा गाँउपालिक वडा न.५ प्रतिक्षालय चोकमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले चेकजाच गर्ने क्रममा सामूहिक बलात्कार गर्ने युवाहरुलाई पक्राउ गरेको छ।
३ जना सवार मोटर साइलकमा शंका लागेपछि प्रहरीले रोकी चेक जाँच गर्दा पीडित लठ्ठीएको जस्तो देखि शंका लागि तीनै जनालाई इलाका प्रहरी कार्यालय धनौलीमाल्याई अनुसन्धान गर्दा यस्तो रहस्य खुलेको बाँके प्रहरीले जनाएको छ।
पीडितले आफूलाई १ वर्ष देखि फेसबुकमा चिनजान भएका थारुले जन्मदिन छ भनि जेठ २१ गते बेलुका ४ बजे खजुरा गाँउपालिका वडा न. ६ मानखोला नजिक बोलाइ त्यहाँबाट साथीसमेत भई मोटरसाइकलमा राखि बर्दियाको मानखोला नजिकैको जंगलमा लगेको बयान प्रहरीलाई दिएकी छन्। उक्त जङ्गगलमा अन्य ४/५ जनाको समूहले घरेलु मदिरा मगाएका थिए।
उनीहरुले आफूलाई पनि मदिरा सेवन गराई सोही दिने साँझ ६ बजेदेखि १२ बजेसम्म सामूहिक रुपमा बलात्कार भएको महिलाले प्रहरीलाई बयान दिएकी छन्। आफू पछि होसमा आउँदा त्यहाँबाट २/३ जनाले बोकि अन्यत्र लगेको उनले बताइन्।
होस आएपछि पनि बाँके बैजनाथ गा.पा.वडा न.८ पिपरी भन्ने स्थानमा बिक्रम भन्ने बिक्रान्त थारुको बँगुर पालन नजिकको टिनको टहरामा लगेर फेरि दुई जनाले सामूहिक बलात्कार गरेको उनले प्रहरसँगको बयानमा भनेकी छन्। दोस्रो पटक सामूहिक बलात्कारको शिकार भएपछि बिक्रान्त थारुसहित अन्य २ जना मानिसहरु बोलाइ थारुको मोटरसाइकलको बीचमा राखि घर पुर्याउन भन्दै लैजादै गर्दा प्रहरीले फेला पारेको उनले बयानमा भनेकी छन्।
पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका– ८ का हेमराज थारु, विक्रान्त थारु, निराजन थारु, प्रविण थारु र राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारु रहेका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
प्रतिक्रिया