+
Search

ताजा अपडेट +

पपुलर +

सशस्त्र प्रहरीलाई राष्ट्रिय वाणिज्य बैंकले बाँड्यो वित्तीय साक्षरता

4KNationalDaily
२०७९ जेष्ठ १८, बुधबार ०८:५९ बजे

काठमाडौँ– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सशस्त्र प्रहरी बल नेपालमा कार्यरत कर्मचारीहरुका लागि मङ्गलबार काठमाडौंको हल्चोकस्थित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

कार्यक्रममा बैंकका ब्रान्च अपरेसन विभागकी प्रमुख दुर्गा कँडेल (छत्कुली)ले बैंकमा खाता खोल्ने, केवाईसी, डिजिटल बैंकिङ्ग तथा पेशाकर्मी सरल कर्जा सम्बन्धी प्रशिक्षण दिएका हुन्।

त्यसैगरी बैंकको सहायक कम्पनी आरविवि मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले डिम्याट खाता, आस्वा सेवा तथा पूँजीबजार सम्बन्धी प्रशिक्षण दिएको बैंकले जनाएको छ।

गत वैशाख १४ गते बैंक र सशस्त्र प्रहरी बल नेपाल बिच सशस्त्र प्रहरी बलका कर्मचारीहरुको हित तथा सुविधाका लागि तलबी बचत खाता संचालन तथा कर्जा कारोबारलगायतका बैंकिङ सुविधा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको थियो ।

कार्यक्रममा बैंकका बाग्मती प्रादेशिक कार्यालयका प्रदेशिक प्रबन्धक धु्रब अर्याल, स्वयम्भु शाखाका शाखा प्रबन्धक ज्ञानु सेढाई लगायत कर्मचारीहरुको उपस्थिति थियो।

देशभर बैंककोे हाल २५८ वटा शाखा कार्यालय, २४५ वटा एटीएम, ४३ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिंग सेवा सहित आधुनिक डिजिटल बैंकिङ्गको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily