+
Search

ताजा अपडेट +

पपुलर +

अजिरकोट गाउँपालिका १ मा माओवादी केन्द्र बिजयी

4KNationalDaily
२०७९ बैशाख ३१, शनिबार १७:०९ बजे

गोरखा- अजिरकोट गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका मनोज गुरुङ बिजयी भएका छन् । उनले ४६४ मत प्राप्त गरेका हुन् भने उनका निटकट प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवारले ४३३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

सो पालिकामा नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार गोबिन्द गुरुङले ४६०, माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार दिपक देवकोटाले ४३६ मत प्राप्त गरेका छन् । उपाध्यक्ष पदमा कांग्रेसका उम्मेदवारले ४६० र माओवादी केन्द्रका उम्मेदवारले ४४० मत ल्याएका छन् ।

२०७४ काे निर्वाचनमा पनि माओवादीले याे वडा जितेकाे थियाे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily