+
Search

ताजा अपडेट +

पपुलर +

यसरी हेर्न सकिन्छ ७५३ पालिका र ६ हजार ७४३ वडाका उम्मेदवारहरुको अन्तिम नामावली

4KNationalDaily
२०७९ बैशाख २१, बुधबार १४:२८ बजे

काठमाडौं- निर्वाचन आयोगले देशभरका ७५३ स्थानीय तहका वडा सदस्यदेखि पालिका प्रमुखसम्मका सबै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।

आयोगका अनुसार ७५३ पालिका र ६ हजार ७४३ वटा वडामा गरी जम्मा एक लाख ४५ हजार ९२ जनाको उम्मेदवारी परेको छ ।

केही स्थानमा निर्वाचनको संशोधित कार्यक्रम गर्नुपर्ने, केही स्थानमा इन्टरनेटको समस्या, केही स्थानमा विद्युतको समस्या जस्ता कारणले सूची सार्वजनिक गर्नमा ढिलाइ भएको आयोगले जनाएको छ ।

झण्डै ८ हजार जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । केहीको उम्मेदवारी आयोगले नै खारेज गरिदिएको थियो । कानूनअनुसार नपरेका उम्मेदवारी आयोगले खारेज गरिदिएको थियो ।

आयोगले प्रकाशन गरेका उम्मेदवारहरुको अन्तिम नामावली तल हेर्न सकिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily