+
Search

ताजा अपडेट +

पपुलर +

गोरखा नगरपालिकामा अबैध धन्दा : ठेकेदारसँग खुलेआम ‘घुस’ माग्छन् प्रमुख प्रशासकिय अधिकृत

4KNationalDaily
२०७९ बैशाख ६, मंगलवार १७:३५ बजे

गोरखा- गोरखा नगरपालिकाका प्रशासकिय अधिकृत दिनेशराज पन्त र नेपाली कांग्रेसबाट निर्वाचित मेयर राजनराज पन्तले रौताहा पि.के/गोरखा जेभिसँग १० लाख रुपैँया घुस लिएर राजश्व छलिमा सहयोग गरेको तथ्य फेला परेको छ ।

गाेरखा नगरपालिका-३ नारेश्वर-निवेल-उल्टे (भिमसेन थापा-बारापक-सुलिकाेट) गाउँपालिका जाेड्ने सडक कालोपत्रेको जिम्मा पाएको निर्माण कम्पनी पि.के/गोरखा जेभिसँग ङुस लिएर राजश्व छलि गर्न नगरपालिकाले मद्धत गरेको हो ।

बार्गेनिङ कर्ता नै प्रमुख प्रशासकिय अधिकृत

गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले विनियोजन गरेको २५ करोड ६३ लाख रुपैयाँमा निर्माण कम्पनीले सो सडकखण्डको १० किलोमिटर कालोपत्रे गर्ने जिम्मा लिएको थियो । यो सडक ठेक्का दिएको थियो ।

दुई बर्षमा निर्माण सम्पन्न गर्ने भन्दै २०७६ फागुन १४ गते पूर्वाधार बिकास कार्यालय गोरखासँग ठेकेदार कम्पनीले सम्झौता गरेको थियो ।

सो बाटोमा प्रयोग हुने ग्रावेल, ढुङ्गा गिट्टी बालुवाका लागि ठेकेदार कम्पनीले गाेरखा नगरपालिका-३, कुमाल गाउँ स्थित दरौँदी फाँटबाट निजी ब्यक्ति र सार्वजनिक जग्गाबाट अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्याे ।

निर्माण कम्पनीका ठेकेदारले विना ठेक्का, वातावरण मुल्याङ्कन प्रतिवेदन विनै ढुङ्गा, गिट्टी, बालुवाको उत्खनन् गरेको थियो । स्रोतका अनुसार त्यहाँबाट २७ हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन् गरिएको थियो । जसमध्य दुई तिहाई भन्दा बढि सार्वजनिक जग्गाबाट उठाईएको हो ।

ठेकेदारले महिनौ लगाएर अबैध उत्खनन् गरेको नदीजन्य पदार्थ स्थनीय रुद्र बहादुर कुमाल, भीम कुमाल, रबि कुुमाल र सन्दिप कुुमाललगायतको जग्गामा डम्पिङ गरेर राखेको थियो ।

गत जेठ दोस्रो हप्ता नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पन्त र प्राबिधिक कपिल कोइराला डम्पिङ गरेको ठाउँमा अनुगमन गर्ने भन्दै पुगे । उनीहरु अनुगमनबाट फर्किएपछि आर्थिक लेनदेनको बार्गेनिङ सुरु भएको स्रोत बताउँछ ।

‘नगरपालिकाबाट अधिकृत र इन्जिनियर अनुगमनमा आएपछि दुई पटक राति भेटेर पैसाको बार्गेनिङ भयो । अनि १० लाखमा टुङ्गिएपछि असार १४ गते १० लाख रुपैँया दिईएको हो’, स्रोतले भन्यो ।

‘पानी माथिको ओभानो’ छानविन समिती खडा

नगरपालिकाका अधिकृत पन्तले ठेकेदारसँग घुस लिएपछि ठेकेदारले अबैध उत्खनन् गरेको नदीजन्य पदार्थ निर्धक्क ओसारपोसार गरिरहेको थियो ।

तर, आर्थिक चलखेल भएको तथ्य वाहिर आएमा आफुहरु फस्ने सम्भावना देखेपछि अधिकृत पन्त र मेयर पन्तले वडा न ३ का वडाध्यक्ष रामबाबु बोगटीको संयोजकत्वमा, वडा ४ न का वडाध्यक्ष खोप बहादुर अधिकारी, वडा न १० का वडाध्यक्ष देबी बहादुर बस्नेत, वडा न १३ का वडाध्यक्ष हरि बहादुर खनाल र सभिल इन्जिजियर प्रकाश ढकालसहित पाँत सदस्यीय अनुगमन समिति बनायो ।

उक्त समितीले गत फागुन पाँच गते फिल्डमा अबैध उत्खनन् गरिएको २१ हजार एक सय ७५ घनमिटर नदिजन्य पदार्थ रहेको प्रतिवेशन पेश गर्याे । तर, आफुहरु फस्ने डरले ‘पानी माथिको ओभानो’ बन्न अनुगमन समिती खडा गरेको नगरपालिकाले अबैध उत्खनन् गर्ने ठेकेदारलाई आवश्यक कारवाही, जरिवाना केही पनि गरेन ।

सार्वजनिक खरिद नियमावली विपरित ओसारपोसारको अनुमति

अबैध उत्खनन् गरेको ठेकेदारलाई अनुगमन समितीले पेश गरेको प्रतिवेदनका आधारमा नगरपालिकाले आवश्यक कारवाही गर्नुपर्ने हो ।

तर, घुस वापत रकम लिएकै कारण नगरपालिकाले कारवाही गर्नुको साँटो सार्वजनिक खरिद नियमावली मिचेर ओसारपोसारको अनुमति दिएको छ ।

निर्माण कम्पनीले अबैध उत्खनन् गरेको नदीजन्य पदार्थ नगरपालिकाले आफ्नो नियन्त्रणमा लिएर सार्वजनिक खरिद नियमावली अनुसार प्रतिस्पर्धामा बेच्नु पर्ने थियो । तर, नगरपालिकाले अबैध उत्खनन् गर्ने ठेकेदारको सामान्य मागपत्रका आधारमा विना प्रतिस्पर्धा, विना ठेक्का, सार्वजनिक खरिद नियमावली मिचेर ओसारपोसारको जिम्मा दिएको हो ।

अनुमति विना, बातावरण प्रभाव मुल्याङ्कन विना नदीजन्य पदार्थको उत्खनन् गरेको निर्माण कम्पनीलाई नगरपालिकाले नियमावली मिचेर अनुमतिको पत्र दिनुले पनि आर्थिक चलखेल भएको कुरा पुष्टि गर्न थप मद्धत पु¥याउँछ ।

वडालाई नगरपालिकाको क्रस : अनुमति भन्दा तेब्बर बढि ओसारपोसार, नियमन नै छैन्

नगरपालिकाले नियमावली मिचेर निर्माण कम्पनीलाई गत फागुन १५ गते एक महिनाभित्र तीन हजार घनमिटर मात्रै नदीजन्य पदार्थ ओसारपोसार गर्न भन्दै अनुमति दियो ।

नगरपालिकाले दिएको म्याद अनुसार चैत्र १५ गतेसम्ममा निर्माण कम्पनीले तीन हजार घनमिटर मात्रै नदीजन्य पदार्थ ओसार्नुु पर्ने थियो । तर, अनुमति प्राप्त म्याद सकिँदासम्म पनि ठेकेदारले अहिलेसम्म निर्बाध रुपमा तोकिएको भन्दा बढि मात्रा ग्राबेल ओसारपोसार गरिरहेको छ ।

‘हामीले कारवाही गर्ने हैन् । नियमन पनि गर्ने हैन् । म्याद पनि सक्किसक्यो, तोकिएको भन्दा तेब्बर बढि ग्राबेल ठेकेदारले बोकिसके । तर, त्यसलाई नियमन गर्ने अधिकृत, मेयर सा’पले नजरअन्दाज गरिराख्नु भएको छ । केही न केही चलखेल नभए किन यस्तो हुन्छ र ?’, नगरपालिकाका एक कर्मचारी भन्छन् ।

नगरपालिकाले ठेकेदार कम्पनीलाई दिएको अनुमति पत्रमा वडाका प्राबिधिकको प्रत्यक्ष निगरानीमा मात्रै नदीजन्य पदार्थ ओसारपोसार गर्नु भनिएको छ । तर, वडाका प्राबिधिकलाई भने नगरपालिकाले त्यहाँको निगरानीका लागि लिखित या मौखिक रुपमा कुनै पनि जानकारी गराएको छैन् ।

गोनपा ३ का वडा प्राबिधिक सुुकमान तामाङ भन्छन्, ‘मलाई नगरपालिकाले त्यहाँको बिषयमा कुनै जानकारी नै गराएको छैन् । त्यसैले मैले त्यहाँ गएर अनुगमन गर्ने, निगरानी मैले गरेको छैन् ।’ वडा कार्यालयलाई पनि औपचारिक रुपमा कुनै परिपत्र नआएको वडाध्यक्ष रामबाबु बोगटी भन्छन् ।

अश्विन दानी/न्यूज कारखाना

 

याे पनि,

नगरपालिकाकाे गाडीमा मेयर पन्तकाे मनपर्दि, कार्यकर्ता बाेकेर हिउँ खेल्न ‘सररर’…

गोरखा नगरपालिकामा मेयर पन्तको रजाई*, पुरस्कारको नाममा आसेपासेलाई सम्मान !

नगरपालिकाकै मिलेमतोमा ‘लुदिखोला घाट’मा उत्खनन्

ठेकेदार सांसद र मेयर ‘कनेक्सन’ : संरक्षणको नाममा अवैध उत्खनन्, जोखिममा दरौँदी पुल

मेयर पन्तका चार बर्ष : कम्युनिष्टकाे असहयोगले नगरपालिकाको बिकास गर्न सकिन

आर्थिक अनुशासन र नियम कानुनकाे धज्जी उडाँउदै गाेरखा नगरपालिका

१५ लाखमा खरिद गरेकाे ड्राेन दुईबर्ष देखि स्टोरमै थन्कियो

नियामक निकायको मिलेमत्तोमा ‘अबैध क्रसर’

दरौंदीमा नदिजन्य पर्दाथ उत्खनन् : राजश्वको लोभमा क्रसरलाई खोला सुम्पिदै स्थानीय सरकार

सार्वजनिक सुनुवाई विना घाटगद्दी ठेक्का लगाउँदै गोरखा नगरपालिका

दरौंदी पुलमा मेयरकाे ‘गिद्दे नजर’ : संरक्षणकाे नाममा अवैध दाेहन

दराैंदीमा अवैध दाेहन, अलपत्र गोरखा-आरुघाट सडकखण्ड

गोरखामा पहिलो पटक प्याराग्लाइडिङ परिक्षण उडान

गोरखाका मेयरलाई गिज्याईरहेको ‘गोरखा गेट’

अवुवा क्षेत्रमा अबैध सालका रूख कटान : दोषी उम्काउन मेयरको दवाव

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily