गाेरखा- गृहमन्त्री बालकृष्ण खाँणले गाेरखाका प्रमुख जिल्ला अधिकारी (सीडिओ) शंकरहरी आचार्यलाई कोरोना तथा उत्तरी गाेरखामा हिमपात, लोक्पा पहिरोका अवस्थाका बारेमा जानकारी लिएका छन् ।
जिल्लामा कोभिड–१९ संक्रमण, हिमपातबाट बचाउन गृहमन्त्रीले सीडिओसंग टेलिफोन वार्ता गरेका हुन्।
शनिबार बिहान गृहमन्त्री खाँणले सीडिओसँग टेलिफोन वार्ताबाट गाेरखामा कोभिड–१९ संक्रमणको अवस्था, खोप लगाएकाको संख्या, शान्ति सुरक्षाको अवस्था र उत्तरी गाेरखाकाेबारे जानकारी लिएका हुन्।
गोरखाका सीडीयाे आचार्यले हिमपातबाट बच्न नागरिकलाई न्यानो कपडा वितरण, कोभिड संक्रमणको अवस्था र शान्ति सुरक्षाको अवस्थाबारे गृहमन्त्रीले टेलिफोनबाट जानकारी लिएको बताए।
जिल्लामा कोभिड संक्रमणको अवस्था, रोक्नका लागि खोप लगाउने कार्य, आइसोलेसन, शान्ति सुरक्षाको अवस्था र न्यानो कपडा वितरणको अवस्थाबारे जानकारी लिएको बताए। ‘मन्त्रीज्यूले बिहान टेलिफोनमा मुख्यगरी जिल्लामा शान्ति सुरक्षाको अवस्था, कोभिड संक्रमण, कोभिडविरुद्धको खोप र लाेक्पा पहिराेबारे जानकारी लिनुभयो,’ उनले भने।
चुमनुब्री गाउँपालिका वडा नं. ६ र ७ साविक चुम्चेत र छेकम्पार गाविस जाने बाटो बिगत ६ महिनादेखि अबरुद्ध छ । गत भदौ २ गते लोक्पा खोलामा पहिरो झरेपछि अबरुद्ध भएको बाटो अहिलेसम्म खुल्न सकेकाे छैन । सीडिओ आचार्यका अनुसार प्रदेश सरकार मार्फत गुहमन्त्रीलाई पहिराे व्यबस्थापनका लागि फेरि आग्रह गरिएकाे बताए ।
‘मन्त्रीज्यूलाई लामाे समय देखि अवरूद्व लाेक्पा पहिराेकाे बिषयमा आज पनि जानकारी गराएकाे छु’, उनले भने ‘भुगर्भविदकाे टाेलीले त्याे पहिराेकाे अवस्था अध्ययन गरेपछि मात्रै के भन्ने भन्नेमा पुग्ने भन्नु भएकाे छ । सायद केहि समयमा भुगर्भविदकाे टाेलीले अध्ययन गरेपछि त्यहि भागमा बाटाे बनाउन सकिन्छ कि नयाँ ट्याक खाेल्नुपर्ने हाे अध्ययन पछि थाहा हुन्छ ।’
६ महिनादेखि बाटो अवरुद्ध हुँदा दैनिक उपभोग्य सामानको अभाव झेलिरहनु परेको स्थानीयको भनाइ छ । चामल, नून, चिनी, घ्यू, तेल, चिया, कफीलगायतका दैनिक उपभोग्य सामान गाउँमा अभाव भएको उत्तरीबासीकाे गुनासाे छ ।
गाउँमा लामो समयदेखि बाटो अवरुद्ध हुँदा धेरै जटिलता पैदा भएको चुम कल्याण समितिका अध्यक्ष निमा लामाले जानकारी दिए । ‘धेरै माथिबाट पहिरो झरेको छ । रोक्न सक्ने स्थिति पनि छैन । यताउताबाट पहिरो कट्न सक्ने बैकल्पिक बाटो कतैबाट पनि छैन’, उनले भने, ‘यसले हामीलाई धेरै नै समस्या बनाएको छ । यस बारेमा हामीले नेपाल सरकारका अर्थ मन्त्रीलाई र गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई पनि समस्या राखेका छौँ ।’
तर कसैले पनि यस बारेमा गम्भीरताका साथ काम नगरेको उनले बताए । बाटो अवरुद्ध भएका कारण चुम्चेत र छेकम्पारमा खाद्यान्नको चरम अभाव भएको छ ।
प्रतिक्रिया