गोरखा- जिल्लाकै सवैभन्दा धेरै पुरस्कार राशीको फुटवल प्रतियोगिता तेस्रो गोरखकाली रनिङ कप आजवाट सदरमुकाममा शुरु भएको छ । राष्ट्रिय खेलकुद विकास समितिका सदस्य सचिव केशर कुमार विष्टले आज एक कार्यक्रमका वीच खेलको औपचारिक उद्घाटन गरे।
सदरमुकामको हरमटारी स्थित रंगशालामा जारी खेलमा २४ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । आज भएको उद्घाटन खेलमा दरवार युवा क्लव र सम्झौता युवा क्लव लक्ष्मीवजार विच भएको खेलमा २ —० पछाडि पार्दैले आफ्नो अघिल्लो यात्रा तय गरेको छ । प्रतियोगिता २२ गते जारी रहने छ ।
प्रंतियोगितामा पहिलो हुने टिमलाई रनिङ्ग कप , प्रमाण पत्र , शिल्ड , मेडल प्रंतियोगितामा काठमाण्डौ , लमजुङ , ललितपुर लगाएतका जिल्लाका टिमहरुको समेत सहभागिता रहेको छ ।
रनर अप टिमले ७५ हजार र सेमिफाइनलामा पुग्ने टिमले तीस तीस हजार रुपैया नगद पुरस्कार दिने आयोजक क्ल्वले जनाएको छ । प्रतियोगिता संचालनको लागि करिव १९ लाख ९७ हजार रुपैया खर्च लाग्ने आयोजकले अनुमान गरेको छ
प्रतिक्रिया