+
Search

ताजा अपडेट +

पपुलर +

ग्लोबल आईएमई बैंकका ग्राहकलाई मोबाइल बैंकिङ एप्लिकेसन चलाउन इन्टरनेट निशुल्क

4KNationalDaily
२०७८ मंसिर ९, बिहीबार ०८:०२ बजे

काठमाडाैं- ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट र ग्लोबल स्मार्ट प्लस’ चलाउन निशुल्क मोबाइल डाटा उपलब्ध गराउने भएको छ।

डिजिटल बैंकिङ्गको क्षेत्रमा ग्लोबल आइएमई बैंकको यो नयाँ पहल हो। यो सुविधा नेपाल टेलिकमको सिम भएका ग्राहकहरुलाई उपलव्ध हुने बैंकले जनाएकाे छ।

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई नवीनतम प्रविधिमा अभ्यस्त गराउँदै बैंक नै आफ्नो हातमा पुर्याउने उद्देश्यका साथ यो आकर्षक योजना सार्वजनिक गरेको हो।

यो सुविधा प्रदान गर्ने उद्देश्यका साथ ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल टेलिकमबीच समझदारी पत्रमा मंगलबार हस्ताक्षर सम्पन्न भएको छ। समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडको बजार तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यापार अधिकृत संगीता पहाडीले हस्ताक्षर गरेका छन्।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २६३ शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २७ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily