+
Search

ताजा अपडेट +

पपुलर +

आईफोन खरिदकर्तालाई नेपाल टेलिकमको ‘बण्डलिङ’ अफर, १ वर्षसम्म मासिक ५ जीबी डेटा नि:शुल्क

4KNationalDaily
२०७८ कार्तिक ११, बिहीबार १८:३६ बजे

काठमाडौं- आईफोन खरिदकर्ताहरुले नेपाल टेलिकमको डेटा प्याकेज बण्डलिङमा प्राप्त गर्ने भएका छन्। नेपाल टेलिकम र एप्पलको नेपालका लागि आधिकारिक बिक्रेता इभोलुसन ट्रेडिङ प्रालिले आईफोन खरिदकर्ताहरुका लागि कम्पनीको डेटा प्याकेज बण्डलिङ गरी उपलब्ध गराउने सम्बन्धमा सम्झौता गरेका हुन्।

यससम्बन्धी सम्झौतापत्रमा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र इभोलुसन ट्रेडिङका निर्देशक तरुण बज्राचार्यले बुधबार हस्ताक्षर गरेका छन्।

उक्त सम्झौता अनुसार इभोलुसन ट्रेडिङका काठमाडौं उपत्यकामा रहेका सात वटा र उपत्यकाबाहिर सञ्चालन हुने आउटलेटहरुमार्फत् आईफोन १३ वा सोभन्दा माथिल्लो भर्सनका आईफोन खरिद गर्ने ग्राहकलाई प्रतिमहिना पाँच जीबी डेटा चलाउन मिल्ने प्याकेज १२ महिनाका लागि निःशुल्क उपलब्ध हुनेछ।

नेपाल टेलिकमका ग्राहकले हाल प्रयोग गरिरहेको नेपाल टेलिकमको पोस्टपेड वा प्रिपेड सिम नै नयाँ खरिद गर्ने आईफोन १३ मा प्रयोग गर्ने अवस्थामा उल्लिखित डेटा प्याकेज सोही सिममा उपलब्ध गराइने कम्पनीले जनाएको छ।

‘उक्त आईफोन १३ मा ग्राहकले नेपाल टेलिकमको नयाँ सिम लिइ प्रयोग गर्न चाहेमा कम्पनीले नयाँ प्रिपेड सिम इभो स्टोरमार्फत् निःशुल्क उपलब्ध गराउनेछ। यो सिममा मेन ब्यालेन्स १० रुपैयाँ र थप ब्यालेन्स ४० रुपैयाँ उपलब्ध हुनेछ। उक्त थप ब्यालेन्सबाट कम्पनीको नेटवर्कभित्र ४० मिनेट भ्वाइस कल र २० वटा सन्देशका साथै ६० एमबी डेटा एक महिनाभित्र उपयोग गर्न सकिनेछ,’ टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily