+
Search

ताजा अपडेट +

पपुलर +

मध्यरातमा १२ किलाे बजारमा प्रहरीको ‘सिआईडी’ भन्दै ‘आतंक’

4KNationalDaily
२०७८ आश्विन ११, सोमबार १९:३७ बजे

गोरखा- नेपाली प्रहरीकाे सिआईडी हाे भन्दै गाेरखाकाे १२ किलाे बजारमा यूवाहरूले आतंक मच्चाएका छन् । मध्यराती २ बजे सिआईडी भन्दै यूवाकाे समुहले मध्यरातमा आतंक मच्चाएका हुन् ।

मध्य राती २ बजे गोरखा-आबुँखैरेनी सडकखण्डको १२ मा प्रहरीको सिआईडी भन्दै २ वटा ट्रक बलजफ्ती रोकेर धाकधम्की दिई आतंक मच्चाउने ६ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

गोरखा नगरपालिका-११, का २० बर्षका निरन्जन तामाङ, २१ बर्षका निरज कोईराला, १९ बर्षका सुरज तामाङलाई घटनास्थलबाट नै पक्राउ गरेकाे प्रहरीले फरार रहेका २० बर्षका ओमराज गुरुङ, मनोज तामाङ र रिकेश कुँवरलाई आज पक्राउ गरेकाे छ ।

उनिहरुले गोरखा सदरमुकामतर्फ आउँदै गरेको ना ६ त ४५६ र ना ६ ख ५५०१ नं को मालबाहक ट्रकलाई बलजफ्ती रोकेर चेकजाँच गरेको, सहचालकको मोबाईल खोसेको र ट्रकमा भएको सामानमा समेत क्षति पुर्‍याएको प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका ६ जनाविरुद्ध सार्वजनिक हित विरुद्धको कसुर अन्तरगत जिल्ला प्रशासन कार्यालयमा मुद्धा दर्ता गरी हिरासतमा राखी अनुसन्धानका लागि १० दिनको म्याद लिईसेकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily