काठमाडौं- राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ। मन्त्रिपरिषद्को बैठक बस्नुअघि प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको हो।
प्रधानमन्त्रीको अध्यक्षतामा सुरु भएको बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, मुख्यसचिव शंकरदास बैरागी, रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल, प्रधानसेनापति प्रभुराम शर्मा लगायत सहभागी छन्।
एमसीसी परियोजनाका उपाध्यक्ष फातिमा सुमारलगायतको टोली चारदिने नेपाल भ्रमणमा रहेको बेला सुरक्षा परिषद्को बैठक बोलाइएको हो।
एमसीसीविरुद्ध उपत्यका लगायत विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ। परियोजनाका उपाध्यक्षले प्रमुख राजनीतिक दलका नेताहरुसँग पनि भेटवार्ता गरिरहेकी छन्। आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
प्रतिक्रिया