+
Search

ताजा अपडेट +

पपुलर +

एमाले र जसपा छाड्ने प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको समयसीमा आजसम्म

4KNationalDaily
२०७८ भाद्र २२, मंगलवार ०९:३९ बजे

काठमाडौं– नयाँ दर्ता भएको दल रोज्न जनप्रतिनिधिलाई दिइएको समय सीमा आज सकिँदैछ ।

राजनीतिक दलसम्बन्धी दोस्रो संशोधित अध्यादेशअनुसार एमाले र जसपा छाड्ने प्रदेश र स्थानीय तहका जनप्रतिनिधिका लागि निर्वाचन आयोगले दल दर्ता भएको मितिले २१ दिनको अवधि तोकेको थियो ।

नवगठित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० लाई भदौ ९ मा आयोगले दलको मान्यता दिएको थियो । यो बीचमा नवगठित दल रोजेका जनप्रतिनिधिको पद यथावत रहनेछ ।

यो बीचमा नयाँ दल प्रवेश गर्न चाहेका एमाले र जसपाका प्रदेशसभा सदस्यले सम्बन्धित प्रदेश निर्वाचन कार्यालयमा र स्थानीय तहका जनप्रतिनिधिले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा स्वयं उपस्थित भइ सनाखत गरिसकेका छन् ।

प्रदेश सांसदको लगभग सनाखत सकिएको भए पनि कतिपय जिल्लामा स्थानीय तहका जनप्रतिनिधि भने आज अन्तिम दिन नयाँ दल रोज्ने तयारीमा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily