गाेरखा- तिनदिन भित्र गोरखा अस्पताल छाेड्न गोरखा अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. शान्ति भुर्तेललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएकाे छ ।
गण्डकी प्रदेशकाे स्वास्थ्य मन्त्रालयले भदौ २० गते सचिव स्तरीय निर्णय गर्दै ३ दिनभित्र दरवन्दी रहेको हाजिर हुन निर्देशन गरेको हो । भरतपुर अस्पतालमा दरवन्दी भएकी मेसु भुर्तेल काजमा गोरखा अस्पतालमा कार्यरत थिइन् ।
संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत साउन ११ गते सचिव स्तरीय निर्णय गर्दै उनको काज फिर्ता गरेको थियो । तर उक्त निर्णय कार्यान्वयन नगरि हालसम्म गोरखा असपतालमै कामकाज गरिरहेको भन्दै मन्त्रालयले ३ दिनभित्र भरतपुर अस्पताल चितवनमा हाजिर भै सोको जानकारी गराउन निर्देशन दिएको हो ।
उनले आफ्नो पदिय जिम्मेवारी र मर्यादा विपरित काम गरेकाले बर्खास्त गर्न माग गर्दै गत जेठ २३ गते गोरखा अस्पतालका चिकित्सक र कर्मचारीहरू विरोधमा उत्रिएका थिए । बिरोधमा उत्रिएका कर्मचारी र चिकित्सकहरुले मेसुलाई १० बुँदे आरोप समेत लगाएका थिए ।
मेसुले जिम्मेवारी पूर्ण रुपमा पालना नगरेको र पूर्वाग्रहपूर्ण नेतृत्व भएकाले काम गर्न सक्ने बाताबरण नभएको भन्दै अस्पतालका कन्सल्टेन्ट अर्थोपेडिकले गत असार १ गते राजीनामा दिएका थिए । त्यसपछि प्रदेशबाट अनुगमन गर्न भन्दै आएका टाेलीले पनि मेसुकै पक्षमा रिर्पाेट बनाएपछि झन विवाद भएकाे थियाे।
२०७२ काे भुकम्पपछि पुन निर्माण भइरहेकाे गाेरखा अस्पताल निर्माण कार्य सकेर हस्तान्तरणकाे अन्तिम चरणमा छ ।
याे पनि,
स्वास्थ्यकर्मीकाे जागिर खाईदिन्छु भन्दै धम्क्याउने मेडिकल सुपरिन्टेन्डेन्टकाे सरूवा भएपछि….
गाेरखा अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्टसंगकाे विवादपछि डाक्टरले दिए राजिनामा
प्रतिक्रिया