+
Search

ताजा अपडेट +

पपुलर +

११ जिल्लाका सिडिओ सरुवा, गाेरखामा तिमिल्सिना जाँदै गौतम आउँदै

4KNationalDaily
२०७२ पुष २९, बुधबार १९:४१ बजे

गाेरखा- गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ । भक्तपुरका तोयम रायलाई मोरङ, काभ्रेका मदन भुजेललाई झापा, झापाका तेजप्रसाद पौडेललाई भक्तपुर सरुवा गरेको छ  ।

त्यसैगरी  बाराका  बालकृष्ण पन्थीलाई काभ्रे, सुर्खेतका बलदेव गौतमलाई गोरखा, तनहुँका महादेव पन्थलाई नवलपरासी र गृहमन्त्रालयका पुरुषोत्तम कुँवरलाई तनहँको सिडियोमा खटाउने निर्णय गरेको छ  ।

त्यस्तै गोरखाका उद्धव तिमिल्सिनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा र अध्यागमनका विष्णुबहादुर थापालाई बर्दिया जिल्ला कामु सिडियोमा सरुवा गरिएको छ । गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखामा यादव कोइराला तानिएका छन्  ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily