गाेरखा- राष्ट्रिय अनुसन्धान विभाग गाेरखाका प्रहरी उपरीक्षक (एसपी) टेकराज तिमल्सेनाकाे सरूवा भएकाे छ । उनकाे भक्तपुरमा सरूवा भएकाे हाे ।
गाेरखामा सुदिप अधिकारी आउने भएका छन् । गूप्तचरमा केही समयअघि डिएसपीबाट एसपीमा बढुवा भएकाको पदस्थापन र केही नयां एसपीहरुको सरुवा भएको हो ।
एसपीहरु पप्पु शर्मा मकवानपुर, मनोज ढकाल कांस्की, चन्दन झा सर्लाही, प्रज्वल खड्का बर्दिया र लक्ष्मी पौडेलको सुरक्षा परिषदमा सरुवा भएको छ ।
त्यसैगरी उत्तम खनाल तनहु, शेरबहादुर चन्द चितवन,सुदिप अधिकारी गोरखा, जयन्द्र उपाध्याय सुर्खेत, विकास पाण्डे हेटौडा तालिम केन्द्र र तिमिल्सेना भक्तपुर पुगेका छन् ।
भक्तपुरमा रहेका एसपी पाण्डेको १ वर्ष नपुग्दै सरुवा भएको छ । सूरुमा भक्तपुरका सांसद महेश बस्नेतले एसपी तिमिल्सेनालाई ल्याउन सिफारीस गरेको स्रोतको दावी छ । पछि पाण्डेलाई एक वर्ष अवधी नपुगी सरुवा नगर्न उनले आग्रह गरेपनि उनको सरुवा भएको बताइएको छ ।
तिमिल्सेना युवा संघका पुर्व अध्यक्ष वचन सिंहको सिफारीसमा सरुवा भएको गूप्तचरभित्र चर्चा छ । सिंहले नै तिमिल्सेनाको सिफारीस बस्नेतलाई गरेका थिए । भक्तपुर नै एसपी बसिसकेका शेरबहादुर चन्द पनि भक्तपुर आउंने दौडमा थिए । तर, अन्तिममा तिमिल्सेनाले वाजी मारेका छन् । यसअघि भक्तपुरमा एसपी रहेका सुरेन्द्र कोइराला पनि एक वर्ष नपुग्दै सरुवा भएर धादिंग पुगेका थिए ।
प्रतिक्रिया