गाेरखा- गोरखाको सर्वाधिक पुरस्कार राशी भएको ‘गोरखकाली रनिङ कप’ आगामी फागुन ७ गतेबाट सुरु हुने भएको छ । हरमटारी क्लबको आयोजनामा गोरखाबजारको हरमटारी स्थित रङ्गशालामा फुटबल प्रतियोगिता सञ्चालन हुने मङ्गलबार गोरखामा एक पत्रकार सम्मेलन गरि जानकारी गराइयो ।
प्रतियोगिताका लागि देशभरका कुनैपनि समूह तथा खेलाडीहरु संलग्न हुन पाउने आयोजकले जनाएको छ । यो वर्ष देखि बाट खेलप्रेमी दर्शकहरुको खेलप्रतिको मायालाई सम्मान गर्दै खेलको जगेर्ना होस् भनि खेल हेर्नका लागि टिकटको समेत व्यवस्था गर्न लागिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताका समुह चरणका खेलहरुका लागि रु २० तथा सेमिफाइनल र फाइनल खेलका लागि रु ५० को टिकटको व्यवस्था गर्ने आयोजकले जनाएको छ । साथै जिल्लाका एक पत्रकारलाई सम्मान गरिने पनि आयोजकले जनाएको छ ।
यसैबीच जिल्लाको एक मात्र रङ्गशालाको रुपमा रहेको हरमटारी रङ्गशाला निर्माणका लागि १२ लाख खर्च गरिए पनि भुकम्प पश्चात अहिले रङ्गशालालाई पार्किङ गर्ने स्थल र हेलिप्याड बनाएको भन्दै क्लबले जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति तथा जिल्ला खेलकुद विकास समितिको ध्यानाकर्षण समेत गराएको छ ।
साथै क्लबले प्रतियोगिता सञ्चालनका लागि मैदान अनिवार्य रुपमा मर्मत गर्नु पर्ने अवस्थामा पुगेको समेत बताएको छ ।
प्रतिक्रिया