+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल शान्तिसेनामा योगदान गर्ने मुलुकको सूचीमा विश्वमै तेस्रो स्थानमा

4KNationalDaily
२०७८ असार ३, बिहीबार १८:४१ बजे

काठमाडौं- नेपाल संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा योगदान गर्ने मुलुकहरुको सूचीमा तेस्रो स्थानमा सूचीकृत भएको छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार नेपाली ५६८६ फौजसहित तेस्रो स्थानमा रहन सफल भएको हो ।

पहिलो स्थानमा सार्क मुलुक बंगलादेश र दोस्रोमा इथियोपिया छन् । नेपालपछि क्रमशः रुवान्डा, भारत र पाकिस्तान छन् । नेपाली सेनाका अनुसार ३० अप्रिल, २०२१ सम्मको संख्याका आधारमा नेपाल तेस्रो रहेको हो ।

राष्ट्रसंघीय शान्ति मिसनमा योगदान पुर्‍याउने राष्ट्रको सूचीमा नेपाल यसअघि चौंथो स्थानमा थियो। पौडेलका अनुसार अहिले विभिन्न मुलुकमा ५ हजार ६८६ जना नेपाली शान्ति सैनिक कार्यरत छन्। राष्ट्रसंघीय शान्ति मिसनमा नेपाली सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसमेत संलग्न छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily