+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकीमा कांग्रेसको नेतृत्वमा बन्याे सरकार, दीपक मनाङेले मागे गृह मन्त्रालय

4KNationalDaily
२०७८ जेष्ठ २९, शनिबार २१:४२ बजे

पाेखरा- ३९ महिनापछि गण्डकी प्रदेशबाट नेपाली कांग्रेस सत्तामा  पुगेकाे छ । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल मुख्यमन्त्रीमा  नियुक्ती भएसंगै कांग्रेस सत्तामा पुगेकाे छ ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । ३९ महिना प्रमुख प्रतिपक्ष रहेको कांग्रेसलाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदको समर्थन रहेकाे छ । वैशाख २ बाट मुख्यमन्त्रीको दाबी गरेका नेपाली कांग्रेसका सांसद पोखरेल दुई महिनापछि सत्ताको बागडोर सम्हालेका छन् ।

गठबन्धनलाई बहुमत पुर्‍याउन निर्णायक बनेका दीपक मनाङेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय (गृहमन्त्री)मा दाबी गरेका छन् ।उनले पृथ्वीसुब्बा गुरुङको सरकारमा युवा तथा खेलकुद मन्त्रालय पाएका थिए ।

कांग्रेस र माओवादी गठबन्धनका नेताहरुसँगको छलफलमा उनले आफूलाई गृह नभए अर्थ तथा योजना मन्त्री चाहिने बताएका छन् । अरु मन्त्रालयमा बसेर काम गर्न नसकिने रहेछ भन्दै मनाङेले पुलिस चलाउन गृहमन्त्री हुन चाहेको बताएका छन् ।

मनाङेमाथिको ज्यान मुद्दा सर्वोच्च अदालतमा विचारधीन रहेको छ । प्रहरीले अहिले पनि आफूलाई राम्रो नजरले नहेर्ने भएकाले गृहमन्त्री बन्न चाहेको मनाङेले निकटस्थलाई बताएका छन् । विपक्षी गठबन्धनले भने उनलाई अरु मन्त्रालयमा मनाउन प्रयास गरिरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily