काठमाडौं- गणेश लामा पोखरामा पक्राउ परेका छन्। उनलाई केही समय अगाडि पोखराको लेकसाइडबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनलाई अहिले वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ। ‘निषेधाज्ञाका बेला उहाँलाई यहाँ डुलिरहेको देखेपछि सोधपुछका लागि नियन्त्रणमा लिएका हौं’, प्रहरी श्रोतले भन्यो।
उनी त्यहाँ प्रदेश मन्त्री समेत रहेका दीपक मनाङेलाई भेट्न त्यहाँ पुगेको बताइएको छ। गण्डकी प्रदेश सरकारले विश्वासको मत लिन लागेका बेला मनाङे सम्पर्क विहिन भएका थिए।
तर प्रहरीले भने उनी त्यस्तो सम्पर्कविहिन नरहेको जनाएको छ।
‘उहाँ वेपत्ता होइन आफैं सम्पर्कमा आउन नचाहनु भएको देखिन्छ’, श्रोतले भन्यो। गण्डकी प्रदेशले बिहीबार विश्वासको मत लिँदा पनि उनी संसदमा उयपस्थित भएनन्। विश्वासको मत नपाएपछि गण्डकी सरकार भने ढलेको छ।
विभिन्न अपराधिक घटनाहरुमा मुछिएका लामा अहिले कांग्रेस राजनीतिमा छन् । उनले कांग्रेसबाट प्रदेश सभामा चुनाव लडेर पराजित भएका थिए ।
प्रतिक्रिया