+
Search

ताजा अपडेट +

पपुलर +

अन्तरपार्टी महिला सन्जाल नगर कार्य समितिबाट ६ असहाय तथा जेष्ठ महिला सम्मानित

4KNationalDaily
२०७२ मंसिर ११, शुक्रबार ०५:४८ बजे

गाेरखा-  घर शान्ति नै बिश्व शान्ति महिला बाल बालिकालाई समान ब्याबहार भन्ने नाराका चलिरहेको लैङ्गीक हिंसा सम्बन्धि १६ दिने अधियान अन्तर्गत आज अन्तरपार्टी महिला सन्जाल नगर कार्य समितिले एक कार्यक्रम सन्चालन गरेको छ ।

अन्तरपार्टी नगर महिला सन्जालको आयोजनामा सन्चालन भएको यस कार्यक्रममा गोरखा नगरपालीकाकाे सहयोगमा भएको थियाे ।  कार्यक्रममा गोरखा नगरपालिका ६ जना सम्मानित भएको छन ।

अन्तरपार्टी महिला सन्जाल नगर कार्य समितिका संयाेजक बिना श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा गोरखा नगरपालीका गोरखाको कार्यकारी अधिकृत चन्द्रा थापा मगर, महिला बिकास कार्यलयको प्रमुख सिता अधिकारी, गोरखा नगरपालिकाको संयन्त्र परामर्श समितिका सदस्य नानुमाया बस्नेत, लोक तान्त्रिक ग्र.स.स महासंघका अध्यक्ष रबिकला खनाल, महिला तथा बाल बालिका उद्धार केन्द्रका अध्यक्ष सम्झना देबकोटा, महिला तथा बालबालिका सेवा केन्द्रको प्रमुख मोहन खड्का लगायत अतिथिहरु रहेका थिए ।

अन्तर पाटि महिला सन्जाल नगर कार्य समिति गोरखा नगरपालिका गोरखाका ६ जना महिला असाहय तथा जेष्ठ नागरिक महिलाहरुलाई सम्मान गरेको छ । सम्मान प्राप्त गर्नु हुने हरुमाइन्द्र कुमारी रोका, कमला कोईराला, पुतली कोईराला र दिल माया कोईराला र बिष्णु माया बिक मन माया बिक, गोरखा नगर पालिकाका असहाय तथा जेष्ठ महिलाहरुलाई सम्मान गरिएको अन्तरपार्टि महिला सन्जाल नगर कार्य समितिका संयाेजक बिना श्रेष्डले जानकारी दिए।

कार्यक्रममा बोल्दै अन्तर गोरखा नगरपालिकाको कार्यकारी अधिकृत चन्द्रा थापा मगरले  महिलाहरुलाई कुनै पनि हालतमा महिला माथी हुदै आएको घरेलु तथा अन्य हिंसाको बिरोधमा लाग्नु पर्ने पनि बताए । कार्यक्रममा बोल्दै थापाले पहिला अहिलेको भन्दा धेरै मात्रामा यस्ता हिंसात्कम काम हुने गरे पनि हामी महिलाको बारेमा काम गर्नेहरुको बिच सम्म नआएको भन्दै अब हामी बोल्न नसक्नेहरुको पनि आवाज बन्नु पर्ने बताए ।

कार्यक्रममा बोल्दै महिला तथा बाल बालिका कार्यलयका प्रमुख सिता अधिकारीले जो महिला हिंसाको बारेमा कुरा गर्दै हिड्छ त्यसको नजिकै यस्ता धेरै घटना भएको पनि बताए । महिला हिंसाको कुरा सडकमा कराएर मात्र नहुने भन्दै सबै महिला तथा पुरुष सबै एक भएर लाग्नु पर्ने पनि बताए ।

महिंसा भन्ने कुरा महिला तथा पुरुष दुबैलाई गर्न नहुने पनि बताए । कार्यक्रममा गोरखा नगरपालिकाको सम्यन्त्र परामर्श समितिका सदस्य नानुमाया बस्नेत, लोक तान्त्रिक ग्र.स.स महासंघका अध्यक्ष रबिकला खनाल, महिला तथा बाल बालिका उद्धार केन्द्रको अध्यक्ष सम्झना देबकोटा, महिला तथा बालबालिका सेवा केन्द्रको प्रमुख मोहन खड्का लगायतले मन्तब्य राख्नु भएको गोरखा नगर परामश सदस्य नानुमाया बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily