+
Search

ताजा अपडेट +

पपुलर +

संसदीय समितिका नेकपा कायमै रहेको भन्दै एमालेको आपत्ति, पार्टीका आधारमा प्रतिनिधित्व गराउन माग

4KNationalDaily
२०७७ चैत्र २६, बिहीबार १४:२१ बजे

काठमाडौं- नेकपा एमालेका सांसद खगराज अधिकारीले अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताए पनि संसदीय समितिमा भने नेकपा हुन बाध्य भएको बताएका छन्।

बिहबार प्रतिनिधि सभा बैठकको सुरुमै विशेष समय लिएर बोल्दै सांसद अधिकारीले संसदीय समितिमा पार्टीको शक्तिका आधारमा जिम्मेवारी दिन सभामुखसँग आग्रह गरे।

उनले प्रतिनिधि सभाको पुनर्स्थापना र अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएपछि संसद बैठकमा एमाले र माओवादीको सिट छुट्टाए पनि संसदीय समितिमा भने नेकपा नाम नै कायम रहेको र आफूहरु नेकपा हुन बाध्य भएको बताउँदै यसले संसदको क्रियाशीलतमा गम्भीर प्रधाव पर्ने बताए।

कानुन, प्रतिनिधि सभा नियमावली र संविधान विपरीत भएको भन्दै उनले संसदमा एमाले हुने समितिमा नेकपा हुन नसक्ने बताए।

‘हामी यहाँ नेकपा एमाले हुने, जब हामी संसदीय समितिमा जान्छौं, नेकपा हुन बाध्य छौं। यस्तो परिस्थिति निर्माण हुनु र नेकपा भएर जानुपर्ने अवस्था संविधान, कानुन, दलसम्बन्धी व्यवस्थाविपरीत छ। प्रतिनधिसभा नियमावलीविपरीत छ। संसद्ले अब नेकपा जान्दैन’, अधिकारीले भने, ‘बारम्बार संसदीय समितिमा हेरफेर गर्न आग्रह र अनुरोध पनि गर्‍यौं । मिनी संसद्हरूमा हामी नेकपा भएर बस्न सक्दैनौं।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily