+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल र रावललाई कारबाही गरेपछि योगेशले भने : परिणाम उल्टिने निश्चित छ

4KNationalDaily
२०७७ चैत्र १६, सोमबार २१:२० बजे

काठमाडौं- नेकपा (एमाले)ले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाको लागि निलम्बित गरेपछि स्थायी समिति सदस्य योगेश भट्टराईले परिणाम उल्टिनसक्ने चेतावनी दिएका छन्।

सोमबार साँझ सामाजिक सञ्जालमा लेख्दै नेता भट्टराईले ‘कार्वाही र सजाय कमजोर सत्ताको अन्तिम अस्त्र हो’ भन्दै निर्णयबाट फर्कनु नै कल्याण हुने बताएका छन्।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले नेपाल र रावललाई ६ महिनाको लागि निलम्बन गरेका हुन्। पार्टीमा गुटबन्दी गरेको र पार्टीविरोधी गतिविधि गरेको आरोपमा दुवैजनालाई सच्चिन अन्तिम मौका दिइएको भन्दै अन्यथा बिचैमा थप कारबाही हुनसक्ने चेतावनीसहितकाे पत्र पठाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily