+
Search

ताजा अपडेट +

पपुलर +

सामाजिक सञ्जालमा विज्ञापन गर्न सहज, नेपाली बैंकहरुले नै प्रिपेड कार्ड जारी गर्न सक्ने

4KNationalDaily
२०७७ चैत्र ९, सोमबार २०:४८ बजे

काठमाडौं- केन्द्रीय बैंकले नेपाली बैंकहरुलाई नै प्रिपेड कार्ड जारी गर्न सक्ने सुविधा दिएको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागले वाणिज्य बैंक तथा विकास बैंकहरुलाई ५ सय रुपैयाँसम्मको विदेशी मुद्रामा प्रिपेड कार्ड जारी गर्न सक्ने जनाएको छ ।

विदेशी विनिमय विभागका प्रमुख रामु पौडेलका अनुसार वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकहरुले परिवर्त्य विदेशी मुद्रामा ५ सय डलरसम्मको प्रिपेड कार्ड जारी गर्ने छन् । यसले सामाजिक सञ्जाल फेसबुक लगायतमा बुस्ट गर्नका लागि सहज हुनेछ ।

अहिले नेपालबाट सामाजिक सञ्जालहरुमा विज्ञापन गर्नुपर्दा विदेशी कार्डहरु प्रयोग गर्ने गरिएको छ ।

विदेशका बैंकहरुमा खाता खोल्ने र भुक्तानी गर्ने हुँदै आएको थियो । यसरी भुक्तानी गर्दा गैर कानुनी रुपमा नेपाली रकम विदेशीने गरेको भन्दै राष्ट्र बैंकले कडाइ समेत गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily