+
Search

ताजा अपडेट +

पपुलर +

एमाले पदाधिकारी र स्थायी समिति पुनर्गठनको जिम्मा ओली र पोखरेललाई

4KNationalDaily
२०७७ चैत्र ७, शनिबार १९:२७ बजे

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको ‘केन्द्रीय कमिटी’ बैठकले स्थायी कमिटी पुनर्गठनको निर्णय गरेको छ ।

माधवकुमार नेपाल समूहका नेताहरु अनुपस्थित भएको बैठकले नयाँ स्थायी कमिटी प्रस्ताव गर्ने जिम्मा अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेललाई दिएको छ ।

बैठकले बाँकी कार्य विभाजनका लागि १० दिनभित्र प्रस्ताव गर्न संगठन विभाग प्रमुख विष्णु पौडेल, शंकर पोखरेल र टोपबहादुर रायमाझीलाई जिम्मा दिएको छ ।

साथै प्रदेश इन्चार्ज, सहइन्चार्ज, संयोजक र सहसंयोजकको सिफारिसमा केन्द्रीय कमिटीले प्रदेश कमिटी बनाउने निर्णय गरेको छ ।

यस्तै सम्बन्धित जनसंगठनका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष सहअध्यक्षसहित पदाधिकारीसँग सल्लाह गरेर सम्मेलन आयोजक समिति बनाउने जिम्मा नेता रायमाझीलाई दिइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily