+
Search

ताजा अपडेट +

पपुलर +

माधव पक्षको आकस्मिक स्थायी कमिटी बैठकको निष्कर्ष : ओलीको निर्णय मान्न सकिन्न

4KNationalDaily
२०७७ फाल्गुन २८, शुक्रबार २०:३२ बजे

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)को माधव नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकले पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकका निर्णय मान्न नसकिने निष्कर्ष निकालेको छ।

नयाँबानेश्वरस्थित अर्याल होटलमा भएको बैठकले यस्तो निष्कर्ष निकालेको उक्त पक्षका नेता रघुजी पन्तले जानकारी दिए।

‘ओलीको निर्णय मान सकिन्न। ओली पक्षले गरेको निर्णय पार्टी विधान र विधिविपरीत छ। यसले पार्टीलाई विभाजनतिर लैजान्छ,’ नेता पन्तले भने, ‘केन्द्रीय कमिटी बैठक राखिएको छैन। त्यो (ओली पक्षको) निर्णय मान्दैनौँ।’

शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटीको बैठकले आगामी मंसिरमा महाधिवेशन गर्ने र पार्टीका अध्यक्ष र महासचिवबाहेकका सबै पदाधिकारी खारेज गर्ने निर्णय गरेको थियो। बैठकले भिम रावल, अष्टलक्ष्मी शाक्य ,भिम आचार्य लगायतको जिम्मेबारी खोसेको थियो।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको पछिल्ला कदमबारे छलफल गर्न नेपाल पक्षले बैठक बोलाएका थियो। नेपाल पक्षलाई पेल्ने रणनीतिका साथ ओलीले कदम चालेपछि आगामी दिनका कसरी अघि वढ्ने भन्ने बारेमा छलफल गर्न आकस्मिक बैठक बोलाइएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily