+
Search

ताजा अपडेट +

पपुलर +

ओलीविरुद्ध समानान्‍तर कमिटी बनाउने तयारीमा ‘माधव समुह’

4KNationalDaily
२०७७ फाल्गुन २७, बिहीबार २०:३९ बजे

काठमाडाैं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम विवाद मुद्दामा सर्वाेच्च अदालतले  अनाैठाे फैसला सुनाएपछि एक भएकाे नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपाल समुहले पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध समानान्‍तर कमिटी बनाउने तयारी गरेकाे छ ।

आज बसेकाे माधव समुहकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । नेकपामा रहदाँ प्रचण्डकाे साथ पाएका नेता नेपाल एमाले भएपछि अप्ठायाेमा परेका छन् ।

नेकपा नाम विवाद मुद्दामा फागुन २३ गते फैसला गर्दै अदालतले ऋषिराम कट्टेलको पक्षमा फैसला सुनाउँदै तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताइदिएको थियो।

नेकपा नै रहेको अवस्थामा ओली एकातिर थिए, नेपाल र झलनाथ खनाल अर्को पक्षमा थिए। नेपाल र खनालको निकटता पुष्पकमल दाहाल ‘प्रचण्ड’तिर थियो। प्रतिनिधि सभा विघटन गरिएपछि त्यो सम्बन्ध तिक्ततापूर्ण थियो। त्यसको असर एमाले ब्युँतिएपछि पनि देखिएको छ। कतिपय ठाउँमा कार्यकर्ताबीच हानाहानको अवस्था उत्पन्न भएको छ।

माधव पक्षिय नेतारूको आज बसेको बैठकले संगठित गुण्डागर्दी गरेको भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराउने निर्णय गरेकाे छ । एमालेकाे सुदूरपश्चिम प्रदेश कार्यालयमा प्रदेश इन्चार्ज भिम रावल कि लेखराज भट्ट भन्ने बिषयमा विवाद भएकाे थियाे ।  मंगलबारमात्र भट्टकाे नेमप्लेट हटाएपछि कैलालीमा एमालेका दुई समूहबीच झडप भएकाे थियाे ।

त्यहि विषयलाई माधव पक्षिय नेता तथा कार्यकर्ताले प्रतिवाद गर्नेलगायतका माग राख्दै पार्टी अध्यक्ष ओलीलाई आग्रह गर्ने निर्यण गरेकाे हाे ।

साविक एमालेमा रावल नै प्रदेश इन्चार्ज थिए। भट्ट पूर्व माओवादी नेता हुन्। ओली नेतृत्वको सरकारमा उद्योग मन्त्री समेत रहेका उनी नेकपा विभाजित हुँदा ओली पक्षमा लागेका थिए। नेकपा हुँदा ओली पक्षले उनलाई सुदूरपश्चिम इन्चार्ज बनाएको थियो।

‘प्रतिवाद गर्न आफ्नो पक्षलाई आह्वान गरेका छौँ । बैठकले पार्टी केन्द्रीय समितिको बैठक आह्वान गर्न, पार्टी स्थायी कमिटी बैठक डाकेर वामपन्थी एक बनाउन ओलीलाई आग्रह गर्ने निर्णय गरेको छ, एक नेताले भने, ‘यी कुरा नमान्‍ने र ओली यिनलाई पेलेरै जाने भनेर लाग्छन् भने समानान्तर बनाएर जाने भन्‍ने तयारी छ । आवश्यक परे पार्टीको राष्ट्रिय भेला डाक्ने, जनवर्गीय संगठनको राष्ट्रिय भेला डाक्ने, जिल्ला-जिल्लामा कार्यक्रम पनि गरिन्छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily