गोरखा- गोरखाका प्रमुख जिल्ला अधिकारी (सिडियो) तिर्थराज भट्टराई र सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको सरुवा भएको छ ।
गृह मन्त्रालयले आज (शुक्रबार) भट्टराईको जिल्ला प्रशासन कार्यालय महोत्तरी र खत्रीको जिल्ला प्रशासन कार्यालय पर्वतमा सरुवा गरेको हो । गृहमन्त्रीस्तरीय निर्णयबाट बढुवा भएका कर्मचारीको पदस्थापना तथा अन्यको सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ।
२०७७ श्रावण १४ गते सरूवा भएर आएका सिडियोको ८ महिनामा नै सरूवा भएको छ । उनको स्थानमा गृहमन्त्रायलका शालिग्राम शर्मा पौडेल नयाँ सिडियोका रूपमा जिल्ला आँउदै छन् । उनि प्रथम श्रेणीका हुन् ।
गोरखाकी सायक सिडियो खत्री पर्वतको सिडियो पदमा सरुवा भएको हो । बझाङमा कार्यरत सहसचिव कमलराज भण्डारी गोरखा आँउदै छन् । २०७२ को विनाशकारी भुकम्पपछि १४ जिल्लाका सिडियो सहसचिव हुने व्यबस्था थियो ।
प्रतिक्रिया