+
Search

ताजा अपडेट +

पपुलर +

डिएसपी र एसपीहरूलाई आइजी थापाको निर्देशन- निर्वाचनलाई दृष्टिगत गरी काम गर्नुस्

4KNationalDaily
२०७७ पुष २३, बिहीबार १९:२५ बजे

काठमाडौं- प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सरुवा भई कार्यक्षेत्रमा जान लागेका प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षकलाई निर्वाचनलाई मध्यनजर गरी काम गर्न निर्देशन दिएका छन्।

आइजी थापा क्षेत्रीले हालको परिस्थितिलाई मनन र विश्लेषण गरी सोही अनुरुपको कार्य योजना बनाई अगाडि बढ्न निर्देशन दिए।

हालको सुरक्षा चुनौती व्यवस्थापन, तस्करी तथा गुन्डागर्दी नियन्त्रण र घोषित निर्वाचनलाई मध्यनजर राखी आवश्यक तयारीमा जुट्नुपर्नेमा उनले जोड दिए।

आइजी थापा क्षेत्रीले हालै संगठनले लागू गरेको नेपाल प्रहरी कार्य योजना र प्रहरी कर्मचारीले पालना गर्नुपर्ने आचारसंहितालगायतका नीति निर्देशनलाई अक्षरस: पालना गरी लागू गर्नुपर्ने बताए।

सेवाग्राहीले देख्ने र भोग्ने गरी प्रहरी कार्यमा सकारात्मक परिवर्तन आएमा आफ्नो उपस्थिति सार्थक हुने हुनाले सबैले आफ्नो कर्तव्य र संगठनले दिएको जिम्मेवारी पूरा गर्नुपर्ने थापाले उल्लेख गरे।

कार्यालय व्यवस्थापन, साधनस्रोतको उचित परिचालन र मर्मत सम्भार लगायतका दैनिक क्रियाकलापमा विशेष ध्यान दिई चुस्त दुरुस्त रुपमा प्रस्तुत हुन समेत उनले निर्देशन दिए।

प्रहरी प्रधान कार्यालयले यही पुस २१ गते ३० जना प्रहरी उपरीक्षक र ६९ जना प्रहरी नायव उपरीक्षकको सरुवा गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily