गोरखा- पालुङटार नगरपालिका–६ को घिमिरेचोक बर्षले सामुदायिक वनमा भरुवा बन्दुक फेला परेको छ । इलाका प्रहरी कार्यालय ठाटीपोखरीबाट गस्ती गएको प्रहरी टोलिले शनिवार साँझ जंगलमा बन्दुक भेटेको हो ।
स्थानीयहरुले दिएकाे सूचनाका आधारमा आइतबार त्यस क्षेत्रमा मानिसहरु बन्दुक बाेकेर हिँड्ने गरेकाे बाटाे पच्छ्याउँदै जाँदा राति ११ बजे पालुङटार नगरपालिका वडा नम्बर ६ स्थित घिमिरेथाेक र बेतेनिको वीचमा पर्ने जङ्गलमा नेपाल प्रहरीकाे गस्ति टाेलिलाइ देखेपछि एक थान भरुवा बन्दुक छाडेर भागेकाे प्रहरी अधिकारीहरुले बताएका छन् ।
जङ्गली पशुपन्छि शिकार गर्ने उदेश्यले बन्दुक बाेकेर हिडेकाे हुन सक्ने प्रहरीले अनुमान गरेकाे छ ।
जङ्गलमा हिडिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय ठाँटीपोखरीका प्रहरी निरीक्षक सोमदास ढकालको कमान्डमा गएको गस्ती टोलिलाई देख्नासाथ अज्ञात व्यक्तिहरुले साथमा रहेको एकनाले भरुवा बन्दुक छाडी भागेका हुन् ।
रातकाे समयमा बन्दुक बाेकेर जङ्गल डुल्नेहरुकाे खाेजि भइरहेकाे प्रहरीले बताएकाे छ ।
प्रतिक्रिया