+
Search

ताजा अपडेट +

पपुलर +

अमेरिकी सेनामा कार्यरत गाेरखाका युवकको कार दुर्घटनामा मृत्यु

4KNationalDaily
२०७७ मंसिर ७, आईतवार १९:०२ बजे

काठमाडौं- अमेरिकी सेनामा कार्यरत गोरखाका एक युवकको कार दुर्घटनामा मृत्यु भएको छ ।

अमेरिकाको ओक्लाहोमा राज्यस्थित नोबल कन्ट्रीमा नेपाली समयअनुसार शनिबार राति कार दुर्घटनामा परी गोरखाको लखन थापा गाउँपालिका–८ छापथोकका २३ वर्षका सुरेश श्रेष्ठको मृत्यु भएको हो ।

ओक्लाहोमा न्युज फोर अनलाइनका अनुसार दुर्घटनामा परी टाउको र शरीरको भित्री भागमा चोट लागेका उनको अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

समाचारमा उल्लेख गरिएअनुसार उनी चढेको कार अवैध पार्किङ गरिएको मालवाहक ट्रकमा ठोक्किएको थियो । दुर्घटनापछि करिब २५ मिनेट कारभित्रै थुनिएका उनलाई एम्बुलेन्सबाट सेन्ट म्यारिज रिजनल मेडिकल सेन्टरमा लगिएको थियो ।

करिब ५ वर्षअघि अध्ययन गर्न अमेरिका गएका सुरेश तीन वर्षअघि अमेरिकी सेनामा भर्ती भएका उनका आफन्त राजेश श्रेष्ठले बताए । उनका बाबु, आमा, हजुरआमा, दिदी र भाइ नेपालमा नै छन् । अमेरिकी सेनामा भर्ती भएपछि उनी एक पटक नेपाल आएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily