+
Search

ताजा अपडेट +

पपुलर +

‘रअ’पछि भारतीय सेना प्रमुख नरवाणेसँग भेट्दै प्रधानमन्त्री ओली

4KNationalDaily
२०७७ कार्तिक २१, शुक्रबार ०७:५२ बजे

काठमाडौं- नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवाणे र प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज शुक्रवार औपचारिक भेटवार्ता हुँदैछ ।

दिउँसो प्रधानमन्त्री निवास बालुवाटार हुने भेटवार्तामा दुई देशबीच सैन्य सहयोग आदनप्रदानका साथै नेपाल भारतबीच बढेको सीमा विवाद लगायतका विषयमा छलफल हुने बताइएको छ ।

केही समय अघि भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग बालुवाटारमा भेटवार्ता भएपछि चौतर्फी आलोचना भैरहेका बेला प्रधानमन्त्री ओलीले भारतीय सेनाध्यक्ष नरवणेसँग औपचारिक भेटवार्ता गर्न  लागेका हुन् ।

नेपालले अरु देशको उक्साहटमा लिम्पियाधुरा,लिपुलेक र कालापानीसहितको भूमी समेटेर नयाँ नक्सा जारी गरेको अभिव्यक्ति दिएपछि नरवणेको नेपालभित्र चर्को आलोचना भएको थियो ।

भारतीय सेनाप्रमुख नरवणेले आज विहान शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड स्टाफ कलेजमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।बुधबार नेपाल आउनुभएका नरवणे आजै अपरान्ह स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily